वाम एकताः ऐतिहासिक अवसर पनि, चुनौती पनि

  प्रेमलकुमार खनाल

 505 पटक हेरिएको

पुष्पलालको अगुवाइमा वि.सं. ००६ मा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी करिब १४ वर्षसम्म एउटै पार्टीको रुपमा कृयाशील रह्यो । २० को दशकदेखि नेपालको कम्युनिष्ट आन्दोलनमा विभाजनको सुरूअात भयो ।

दोस्रो महाविधेशनमा राजापरस्त दक्षिणपन्थी रुझानका केशरजङ्ग रायमाझीले पार्टीको नेतृत्व हत्याएपछि नै पार्टीभित्र विवादको शुरुवात भयो । वि.सं. ०१७ मा राजा महेन्द्रले बहुदलीय व्यवस्थालाई कु गरेपछि रायमाझीले निरङ्कुस कदमको खुलेर समर्थन गरे । २०१९ मा तेश्रो महाविधेशनपछि पार्टी विभाजनको सुरूअात भयो ।

यसरी २० को दशकदेखि विभाजनको सुरुअात भएको कम्युनष्टि आन्दोलन ३० को दशकमा आइपुग्दा गठन पुर्नगठनको तहमा पुग्यो । ३० को दशमसम्म पुष्पलालले नेतृत्व गरेको पार्टी क्रियाशील रहे पनि छुट्टै नयाँ पार्टी निर्माण गर्ने क्रममा ०३१ सालमा को-अर्डिनेशन कमिटी र ०३५ सालमा माले हुँदै अहिलेको एमाले ०४७ सालमा माले र माक्सवादी मिलेर बन्यो ।
अहिलेको माओवादी पनि चौथौ महाधिवेशन, मोटो मशाल पातलो मसाल, हुँदै अहिलेको माओवादीसम्म र पुष्पलालको निधनपश्चात सहाना प्रधान, मनमोहन अधिकारीले नेतृत्व गरेका पार्टीहरु कृयाशील हुन थाले । ४० को दशकपछि बाम आन्दोलनमा एकता र ध्रवीकरणको शुरुआत भयो ।

०४६ मा निरङ्कुश पञ्ंचायतविरुद्ध आन्दोलन गर्दा सहाना प्रधानको नेतृत्वमा ५ वटा वामपन्थी पार्टीहरु सम्मिलित बाममोर्चा गठन भयो । र, कांग्रेससँग मिलेर पञ्चायतका विरुद्ध संयुक्त जनआन्दोलन भयो । ०४७ मा बहुदलीय व्यवस्थाको पुर्नस्थापनमा संगै नेकपा एमाले र माक्र्सवादी पार्टीवीच एकीकरण भयो र हालको नेकपा एमाले गठन भयो ।

४० को दशकदेखि नै तत्कालीन चौथो महाधिवेशन पक्षधरहरुको पार्टीभित्र सशस्त्र संघर्ष कि शान्तिपूर्ण संघर्ष भन्ने विवादका शुरुवात भयो । ५० को दशकदेखि हालको माओवादी केन्द्रको नेतृत्वमा एक दशकसम्म जनयुद्ध नै भयो । ६० को दशकको शुरुवातदेखि वामपन्थीहरु पुन निरङकुश राजतन्त्रका विरुद्ध एकठाउँमा उभिएर खडा भए । राजतन्त्रको अन्त्य भई मुलकमा गणतन्त्र स्थापना भएपछि वाम आन्दोलनमा मूलतः एमाले र माओवादी राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहन पुगे । हिंसात्मक राजनीतिबाट शान्तिपूर्ण आन्दोलनको लाइनमा आइपुगेको माओवादी र एमाले वीचमा मूलतः भिन्नता थिएन ।

कार्यनीतिक भिन्नता खासै नभएका यी पार्टीवीच संविधान बन्नुअगावै पार्टी एकता भएको भए अहिलेको संविधान अझ बढी जनता सार्वभौमसत्ता सम्पन्न भएको प्रगतिशील बन्न सक्थ्यो । तर, पनि कतिपय साझा दृष्टिकोणमा समानता भएका कारण यी दुई पार्टीको सहकार्यमा नै संविधान जारी भयो ।

नेकपामा एमालेले आठौं महाधिवशेनदेखि नै वामपंथीहरुवीच एकता गर्ने नीतिलाई अगाडि सारेको थियो । माओवादीले पनि हेटौंडाका महाधिवेशनमा एक्काइसौं शताब्दीको जनवादको कार्यक्रमलाई पारित गरेपछि मुख्य यी वामदलहरुका वीच एकताको कार्यक्रमिक आधार बन्दै गयो ।

यिनै पृष्ठभूमिका वीच भर्खरै सम्पन्न निर्वाचनपूर्व वाम गठबन्धन निर्माण भयो । वाम गठबन्धनको निर्माणलाई जनताले सकारात्मक रुपमा लिए, जसको परिणामस्वरुप झण्डै दुई तिहाईको संख्यामा गठबन्धनका उम्मेदवारहरुले विजयी हासिल गरे ।

वाम गठबन्धन चुनावी तालमेल र पार्टी एकता गर्ने उद्देश्यका साथ भएका कारण यतिखेर यी दुईवटा पार्टीवीच औपचारिक घोषणाका लागि गृहकार्य भइरहेको छ ।

यसरी विगत ५५ बर्षदेखि भिन्नभिन्न चुल्हो चौको बालेर क्रियााशील बाम पार्टीका विचमा संविधान जारीसँगै राजनैतिक क्रान्ति सम्पन्न भएपछि कार्यनीतिक भिन्नता नरहेका कारण अब यो ७० को दशकमा नेपालमा वाम एकीकरण र धु्रवीकरणको दशक बन्दै जाने देखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार