शिवानी तामाङ वहिनी यसै बर्ष बाह्र सकेर स्नातक पहिलो बर्षमा भर्ना गरी बिएतर्फ मानविकी बिषय लिएर पढ्न थालेकी छिन् ।
उनी आफ्नै जिल्लाबाट कक्षा १२ सकेर तीन महिना अघि राजधानीतर्फ अध्ययन गर्दै केही रोजगार पनि पाउने आशामा काठमाडौ आएकी हुन । काठमाडौमा पढेर मात्रै त कसरी बस्ने कस्ले पढाउछ न त मेरो आमा बाबा हुनुहुन्छ नत भएका आफन्तले पढाउछन भन्दै उनि बरु काठमाडौं गएर जागिर गर्दै पढछु भनी काठमाडौंतर्फ आएकी हुन ।
राम्रो भयो उनले सोचेको जस्तै भएछ उनले जागिर पनि पाइन, पढ्न पनि थालिन, कलेज सकेर चावाहिलबाट सार्वजनिक यातायातमा चढेर सोझैं उनले काम गर्ने अफिस जान्छिन । शिवानीको यात्रा कहिले मिनी बस, कहिले माइक्रो बस त कहिले टेम्पुको हुन्छ ।
उनलाई धेरै हतार हुन्छ उनी कलेजमा अन्तिमको बिषय समेत नपढी हिन्छिन् किनकि अफिस ढिलो हुन्छ । हतारको बेलामा उनी जे भेट्छिन त्यसैमा चढि हाल्छिन् । त्यहीँ समयमा गाडी धेरै भिडभाड हुन्छ नानीहरूको विद्यालय जाने टाइम,अफिस जाने समय र विहानको कलेज पढनेको र्फकिने समय हो । त्यहीँ समय शिवानीको पनि अफिस जाने समय हो र उनी हतार हतार गर्दै गाडीमा चड्छिन् । उनी गाडीमा पनि सहजताका साथ बस्न आजसम्म पाएकी छैनन् कहिले उभिएर, कहिले चेप्टिएर त कहिले मुडामा उनको बसाई हुन्छ महिला आरक्षित सिटमा समेत पुरुष गजधम्म बसेका हुन्छन् । उठाउनु पनि कसरी आफैं बुझेर सिट पनि छोडदैनन्, छोड्नुको त के कुरा यहाँ बस्नु सम्म भन्दैनन् ।
भिडभाडमा पुरुषको दाउ सधैं छेउमा बसेकी महिलालाई नजानिदे तरिकाले गोप्य अंगमा छुने हुन्छ जुन भागमा भएपनि छोएर उनीहरूलाई रातो कालो (असहज) बनाउने हुन्छ । बिभिन्न अंगमा छुने, कानमा आएर अश्लिन शब्दहरू वोेली दिने, विभिन्न अश्लिन भिडियो हेर्ने जिस्क्याउने, गिज्याउने हुँदो रहेछ । यस्ता धेरै यात्रामा शिवानीले यस्ता दुव्र्यवहार सामना गरेकी छिन् ।
पुरुष बसेको छेउको खाली सिटमा बस्दा या त छेउमा उभिदा कुनै न कुनै बाहनामा उनलाई जिस्क्याइँ रहेका हुन्छन् शिवानीले यस्ता धेरै भोगेकी छिन् सिधै हातले नछोए पनि नजानिदो तरिकाले हात चलाउने फोन चलाउने या पट्यार लागेको बाहनाले कुइँनाले संवेदनशिल अंगमा छुने, खुट्टाले धक्का लगाउन, तिग्राले पोलिरहने, जुत्ताले कुल्चने जस्ता दुव्र्यवहार टिनएजका केटा देखि ५०÷ ६० बर्ष सम्मका पुरुषहरूबाट समेत पटक पटक भगेकी छिन शिवानीले । सिट नभएर कोचीएर उभिदाको बेलामा भने भनि साध्यको व्यवहार गर्छन पुरुष उनी भन्छिन् । भर्खर यहीँ राजधानीको घटना हो टेम्पोमा बस्दा एक महिलाको टाउको वीर्य झारी दिएको ।
शिवानी हिसांमा पर्ने एक प्रतिनिधि पात्र मात्र हुन् । हिंस्रित महिला ९० प्रतिशत छन् । सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, कार्यालय, बजार, घर, आफन्तको घर या विभिन्न स्थानमा नारी भएकै कारणले पुरुष पात्रबाट यस्ता विभिन्न दुव्र्यहार र ठुला घटनाको सामना गर्न बाध्यछन शिवानी ।
शिवानी हिसांमा पर्ने एक प्रतिनिधि पात्र मात्र हुन् । हिंस्रित महिला ९० प्रतिशत छन् । सार्वजनिक सवारीसाधन, सार्वजनिकस्थल, कार्यालय, बजार, घर, आफन्तको घर या विभिन्न स्थानमा नारी भएकै कारणले पुरुष पात्रबाट यस्ता विभिन्न दुव्र्यहार र ठुला घटनाको सामना गर्न बाध्यछन शिवानी ।
हिंसा के हो ?
नारीमाथि गरिने यी सबै गतिविधि हिंसाका नमुना हुन् । एउटा पुरुषले एउटी नारीमाथि हिंसा गर्नलाई छुनु पर्दैन धकेल्नु पर्दैन पुरुषको एउटा यस्तो डरलाग्दो र घिनलाग्दो नजर हुन्छ त्यो नजरले परबाट अलि पर भएकी एउटी नारीलाई हे¥यो मात्र भने र त्यो नारीको आँखा त्यो घिनलाग्दो हेराइसंग जुध्यो भने त्यो नारी हिंस्रित हुन्छिन उसको शिर झुक्छ, उ राती निली हुन्छे र त्यो पुरुषलाइ फेरी पनि सिधा हेर्न सक्दिन ।
कुनैपनि व्यक्तिलाइ कुनैपनि प्रकारले शारिरीक, मानसिक, यौनजन्य वा अन्य तरिकाले दुख पिडा हानी नेक्सानी पु¥याउनु हिंसा हो । यस्ता हिंसाविरुद्धमा कानुन वनेको छ, जसबाट यस्तो हिंसा गर्नेलाई सजाय दिलाउन सकिन्छ ।
लिङ्गका आधारमा हिंसा
‘छैन हामीलाई स्वीकार’ भन्ने नाराका साथ अन्तराष्ट्रिय लैगिंक हिंसाविरुद्धको १३ दिने अभियान पनि अस्तिनै सकिएको छ । त्यस अवधिमा लैगिंक हिंसा नियन्त्रण र जनचेतनाका लागि धेरै कार्यक्रमहरु भए तर यही त्यही अवधिमा लैगिंक हिंसाका घटना बलात्कार र बलात्कार गरी मारेर सम्म फालिने सम्म भयो अझैं ती घटनाको सही छनबिन हुन सकेको छैन कसले र किन गरियो भनी खोजी त गरियो तर बिडम्बना अझैं पत्ता लागेको छैन कसले बलात्कार गरी मारेर फ््याक्यो निर्मलालाई ?
लिङ्गमा आधारमा हुने हिंसा भनेको यस्तो साझा शव्द हो, जसको अर्थ व्यक्तिको इच्छा विरुद्ध हुने कुनै पनि कार्य जो महिला पुरुष दुबैप्रति हुन सक्छ । लिङ्गमा आधारित हिंसामा पुरुष पनि समेटिएपनि नेपाल जस्तो पितृसत्तात्मक देशमा समाजमा महिलाबाट पुरुषमाथि हिंसा हुने सम्भावना ज्यादै न्यून भएकाले लैंगिक हिंसा भन्नाले नारी तथा बालबालिका माथि हुने हिंसालाई नै बुझिने गरेको छ ।
यस्तो हिंसा घर भित्र घर बाहिर । जाँही पनि हुने गर्दछ । घरभित्रका घटना प्रायजसो भित्रै रहने गरेको छ भने बाहिरको हिंसा सार्वजनिक हुने गरेको छ , यस अर्थमा घरभित्रका हिंसाबाट पीडित नारी धेरै यस्ता घटनाबाट प्रताडित रहने गरेका छन् ।
यस्तो हिंसा घर भित्र घर बाहिर । जाँही पनि हुने गर्दछ । घरभित्रका घटना प्रायजसो भित्रै रहने गरेको छ भने बाहिरको हिंसा सार्वजनिक हुने गरेको छ , यस अर्थमा घरभित्रका हिंसाबाट पीडित नारी धेरै यस्ता घटनाबाट प्रताडित रहने गरेका छन् ।
लैगिंक हिंसा कसले गर्छ ?
लैगिंक हिंसा पुरुषले महिलामाथि गर्ने गर्टन तर समाजमा महिलाले महिलामाथि गर्ने हिंसा पनि देखिने गरेको छ । सासूले बुहारीलाई, बुहारीले सासूलाई, नन्दले भाउजुलाइ, भाउजुले नन्दलाई, दिदीले बहिनीलाई, बहिनीले दिदीलाई गरेको हिंसा समाजमा प्रस्सत देखिन्छ ।
तेस्रो लिङ्गीबाट पनि कतिपय हिंसाका घटना हुने गरेका छन् भने तेस्रो लिङ्गी माथी पनि हिंसा नभएको छैन हिजोआज तेस्रो लिङ्गीले तेस्रो लिङ्गी माथि नै गरेको हिंसा पनि सार्वजनिक हुने गरेको छ । पदीय आडका भरमा अझ बढी हिंसा हुने गरेको छ । कार्यालयमा हुने हिंसामा उच्च पदका पुरुषहरूबाट तल्लो तहको महिला कर्मचारी हिंसामा पर्ने गरेकी छिन् ।
लैगिंक हिंसाबिरुद्धका अन्तराष्ट्रिय सन्धी सम्झौता ः
—दासत्व बिरुद्धको महासन्धी, ६ जनवरी १९६२
—दासत्व, दासव्यापार तथा दासता जस्तै व्यवहार सम्बन्धी महासन्धी, १९५३
—बालअधिकार महासन्धी, १९८९
—महिलाबिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन सम्बन्धी महासन्धी, १९७९ र इच्छाधित आलेख १९९९,
—देह व्यापारका लागि हुने महिला तथा बालबालिका बेचबिखन नियन्त्रण र सो बिरुद्ध संर्घस गर्ने सम्बन्धी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन महासन्धी, २००२
—महिलाको राजनीतिक अधिकार सम्बन्धीत महासन्धी १९५२
— सन् १९६५ देखी विश्वस्तरमा महिला अधिकार सुनिश्चितता र लैगिंक हिंसा न्यूनीकरणका लागि निरन्तर रूपमा आयोजना गरिएको विभिन्न विश्व महिला सम्मेलनले पारित गरेको घोषण पत्र र अन्तराष्ट्रिय दस्ताबेजलाई पनि महिला अधिकारको अन्तराष्ट्रिय दस्ताबेज जसमा १९१५मा चीनको बेइजिङमा भएको बेइजिङ सम्मेलनमा अनुमेदन गरेको महिलासंग सरोकार राख्ने १२ बुँदे महिला अधिकारको सवाललाई महत्वपुर्ण दस्ताबेजको रूपमा राखेको छ ।
लैंगिक हिंसा बिरुद्धका राष्ट्रिय कानुन ः
—नेपालको संविधान(२०७२)
—महिलाविरुद्धका ६५ वटा विभेदपुर्ण प्रावधान संसोधन गरी लैंगिक समानता कायम गर्ने नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०६३
—मानव बेनबिखन तथा ओसारप्रसार नियन्त्रण गर्ने ऐन, २०६४ र नियामवली, २०६५
—एकल महिला सुरक्षा कोष, २०७०
—वोक्सीको आरेप सम्बन्धी कसुर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेका ऐन, २०७२
— विद्युतीय कारोबार ऐन, २०६४
—बालबालिका सम्बन्धी ऐन, २०४८
—लैगिंक समानता कायम गर्न बनेको ऐन, २०६३
—लैंगिक हिंसा निवारण कोष नियमावली, २०६७
लैंगिक हिंसा भएमा उजुरी कहाँ गर्ने ?
पीडितले लैंगिक हिंसाको उजुरी दिने स्थान आफैंले छनोट गर्ने सुविधा कानुनले दिएको छ, जस अनुसार नजिकको प्रहरी कार्यालय, स्थानीय तह, राष्ट्रिय महिला आयोग र अदालतमा उजुरी दर्ता गर्न सकिन्छ ।
उजुरी कहिलेसम्म गर्ने ?
कसुर भइरहेको वा हुन लागेको थाहा पाउने जोसुकैले नब्बे दिनभित्र उजुरी दिन सकिने कानुनी व्यवस्था रहेको छ ।
सजाय कति हुन्छ ?
लैंगिक हिंसा संग सम्बन्धित विभिन्न कानुनमा फरक फरक सजायको व्यवस्था गरिएको छ । कानुनमा व्यावस्था भए अनुसारको नगद जरिवाना र जेल सजाय हुने व्यावस्था रहेको छ । जस्तै ः बोक्सीको आरोपमा ८ बर्षसम्म कैद, एकलाख जरिवाना, अंगभंग तर्फ थप सजाय रहेको छ । यौन दुव्र्यवहार गर्नेलाई तीन बर्षसम्म कैद र तसि हजारसम्म जरिवानाको कानुनी व्यवस्था रहेको छ । साथै पिडीतलाई उपचार गराउन आवश्यक भएमा पिडकबाट उपचार खर्च भराउने, पीडकको आर्थिक अवस्था अत्यन्तै कमजोर भएमा लैंगिक हिंसा निवारण कोषबाट सोध भर्ना गरिनेसमेत व्यवस्था भएकाले लैंगिक हिंसामा परेका जुनै पिडित व्याक्तिलाई राज्यले सहयोग गर्ने नीति रहेको छ ।


2473 पटक हेरिएको 








