उद्योग वाणिज्य महासङ्ग र नेपाल वाणिज्य संघको भूमिका

  सरलपाटी सम्वाददाता

 734 पटक हेरिएको

नेपाल कृषि प्रधान देश भएता पनि कृषि उपजहरुका साथै यस वाहेकका बस्तुहरु समेत लघु, साना तथा मझौला उद्यम, ब्यवसायहरुका क्षेत्रमा बढि मात्रामा संचालनमा रहेका छन् । साना तथा मझौला उद्योगहरु सीमित मात्रामा संचालनमा रहेको पाइन्छ । सरकारी अर्ध स्वामित्वमा संचालित ब्यावसायिक संस्थानहरु पनि केहि मात्रामा संचालनमा रहेको पाइन्छ भने केहि चाहीँ भाडा वा ठेक्कामा संचालनको निमित्त सरकारी तहबाट नै दिइएको पाइन्छ ।
व्यवसायको प्रमुख सहयोगी संस्था नेपाल वाणिज्य संघ हो । उद्योग वाणिज्यको प्रवद्र्धन तथा विकासद्धारा राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने उद्देश्यले वि.सं.२००९ सालमा स्थापना भएको सङ्गठन नै नेपाल वाणिज्य सङ्घ हो । यसको गठन प्रकृया उद्यम, व्यवसाय संचालन गरेको एकलौटी व्यवसाय, कम्पनी, कर्पाेरेशन तथा सङ्गठानिक संस्थाहरु यस संस्थाको सदस्यता लिन योग्य मानिन्छन् । नेपाल वाणिज्य संघले यसैगरी चार प्रकारका सदस्यता व्यवहारमा ल्याएको पाइन्छ । आजीवन सदस्य, साधारण सदस्य, सम्बन्धन सदस्य, मानार्थ सदस्य । यस संगठनले वाणिज्य, औद्योगिक तथा वित्तिय नीति निर्धारण गर्दै उद्योगधन्दाको विकास र विस्तारलाई महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । सार्वजनिक तथा निजी सङ्गठनहरुको सम्वद्र्धन तथा प्रवद्र्धनद्दारा देशको आर्थिक विकासमा अग्रणी भूमिका निर्वाह गर्नु यस सङ्गठनको मुख्य उद्देश्य हो ।
मुलतः नेपाल वाणिज्य संघको उद्देश्यहरु व्यापारीक समुदाय तथा उद्योगीहरुसँग असल सम्बन्ध स्थापना गर्दै वाणिज्य प्रवद्र्धन तथा उपयोगिता सिर्जना गर्नु हो । यसरीनै संसारका विभिन्न औद्योगिक तथा वाणिज्य सङ्गठनहरुसँग असल समन्वय कायम गर्दै राष्ट्रिय अर्थतन्त्रको विकास गर्नु । व्यापारिक तथा औद्योगिक मेला तथा प्रदर्शनीको आयोजना गर्दै नेपाली उद्यमीहरुलाई त्यस्ता कार्यमा सहभागी हुन मद्दत गर्नु । नेपाली उत्पादनहरुको प्रमाणपत्र जारी गर्नु । वाणिज्य, औद्योगिक, वित्तीय तथा प्राविधिक क्षेत्रसँग सम्बन्धित शैक्षिक सङ्गठनहरुको उत्थान तथा प्रवद्र्धन गर्न कार्यशाला, गोष्ठि तालिम तथा अनुसन्धानमुलक कार्यक्रमहरुको संचालन गर्नु ।
यसैगरी दोस्रो प्रमुख सहयोगी संस्थाको रुपमा नेपाल उद्योग वाणिज्य महासङ्घ हो । नेपाल उद्योग वाणिज्य निजी क्षेत्रको छाता सङ्गठन हो । यस सङ्गठनको स्थापना वि.सं. २०२२ सालमा भएको हो । जसको मुख्य उद्देश्य तथा लक्ष्य व्यापारीक र औद्योगिक सङ्गठनहरुको हक हितको संरक्षण गर्नु हो । यस सङ्गठनले राष्ट्रको उद्योग र वाणिज्यको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । उद्योग र वाणिज्यको लागि आवश्यक सूचना, प्रवद्र्धन तथा प्रतिनिभिमूलक सेवा प्रदान गर्ने प्रयासहरु समेत गरिरहेको छ । राष्ट्रको उद्योग र वाणिज्यको विकासको लागि आवश्यक तालिम, कार्यशाला, कार्यगोष्ठि, व्यापार मेला आदिको आवश्यकता अनुसार आयोजना गर्नु यस सङ्गठनको महत्वपूर्ण कार्य हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घ गठन नेपालको ७७ जिल्लामा, जिल्ला स्तरीय तथा नगरपालिका स्तरका (हाल थप भएका नगरपालिकाहरु वाहेक) ९२ सदस्य रहने प्रवधान छ । वस्तु तथा क्षेत्रीय संघ संस्थाहरुबाट ६८ जना सदस्य रहने प्रवधान छ र सार्वजनिक निकाय तथा निजी क्षेत्रहरुबाट ३२१ जना सदस्यहरु हने ब्यवस्था छ । यसैनै कार्यकारी समितिमा जम्मा ७४ जना सदस्यहरु रहन्छन् । ५ जना अध्यक्ष जो सदस्यहरुबाट मनोनित हुन्छन् र यिनीहरुको कार्य अवधि ३ वर्षको हुन्छ । नेपाल उद्योग वाणिज्य महासंघमा जिल्ला तथा नगरपालिका परिषद, वस्तु परिषद र रोजगारदाता परिषद् गरी जम्मा ३ परिषद् हुन्छन् । रोजगारदाता परिषद्को रोजगारदाताहरुको राष्ट्रिय सङ्गठन हो,जुन उद्योग वाणिज्य महासंघको स्थायी निकाय पनि हो । सरकार, कर्मचारी र रोजगारदाताहरु बीच सुमधुर सम्बन्ध विस्तार गर्नु यस सङ्गठनको मुख्य कार्य हो ।
त्यसैगरी यस सङ्गठनले श्रम र श्रमिकहरुको संयक्त भावना, औद्योगिक सम्बन्ध आदिलाई ध्यानमा राखेर विभिन्न क्रियाकलापहरु संचालन समेत गर्ने क्षेत्र अधिकार रहेको छ । यस्तै नेपाल उद्योग वाणिज्य महासंघले गर्ने मुल कार्यहरु भनेको, व्यावसायिक समितिको प्रतिनिधि संस्था भएर कार्य संचालन गर्ने । निर्यात र लगानीको विस्तार, प्रवद्र्धन र उद्यमि, ब्यवसायीहरुलाई परामर्श दिने । संयुक्त लगानी विस्तारमा जोड दिने । आवश्यक परेमा क्षेत्रगत विशेषज्ञको सेवा प्रादन गराउने । व्यापार प्रदर्शनी र मेलाको लागि सहयोग पुर्याउने ।
देश भित्र तथा वाहिर सम्म सुमधुर व्यावसायिक सम्बन्धहरुको विकास तथा विस्तार गराउने । अनुसन्धानात्मक सेवा तथा व्यावसायिक सूचनाहरु आफ्ना सदस्यहरु समक्ष प्रदान गराउने ।उद्यमशिलताको विकास तथा प्रवद्र्धन गराउनका साथै सम्पूर्ण व्यावसायिक हित हुने प्रकारका कार्यक्रमहरुलाई जोड दिने । यसैगरी उद्योग ब्यवसाय विकाससँग सम्बन्धित क्रियाकलावहरुलाई एक शसक्त ढंगवाट उद्योग तथा ब्यवसायी संस्थावाट नै गर्नुपर्ने वास्तविकतालाई महसुस गरी नेपाल सरकारको अर्ध स्वामितको औद्योगिक व्यवसाय विकास प्रतिष्ठान नामक एक संस्था तत्कालीन जि.आई.जेट.को सहयोगमा गठन गरियो ।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ऐन २०५३ अन्तर्गत औद्योगिक व्यवसाय विकास केन्द्रलाई औधौगिक व्यवसाय विकास प्रतिष्ठानमा परिणत गरियो । यसै क्रममा प्रतिष्ठानले प्रदान गर्ने व्यवसाय विकास सेवालाई अझ प्रभावकारी बनाउन प्रतिष्ठान अन्तर्गत एक व्यवसाय विकास केन्द्र २०६८ असारदेखि स्थापना गरी संचालन समेत गरिरहेको छ । औधोगिक व्यवसाय विकास प्रतिष्ठानले उद्योग व्यवसायको विकासमा सहयोग पुर्याउन विभिन्न प्रकारका तालिम तथा परामर्श सेवा प्रदान गराउँदै आएको छ । उद्योग व्यवसाय गर्न चाहने संभाव्य उद्यमीहरु र व्यवसाय संचालन गरिरहेका उद्यमीहरुलाई लक्षित गरी संचालन गरिएका यस्ता कार्यक्रमहरुलाई थप प्रभावकारी बनाउने,उद्यमी व्यवसायीलाई आवश्यक पर्ने विविध अर्थात विभिन्न व्यावसायिक सूचना प्रदान गर्ने, विभिन्न संघसंस्थाबाट प्रदान गरिने सेवा कार्यक्रमबारे जानकारी दिने ।
उद्योग व्यवसाय स्थापना र विस्तारमा सहयोग गर्ने आदि उद्देश्य वोकेर यस व्यवसाय विकास केन्द्रको स्थापना गरेको छ । बस्तु विशेषमा पनि सहयोगी संस्थाहरु संचालनमा रहेको पाइन्छ । जस्तैःकेन्द्रिय चिया उत्पादक संघ, दुग्ध उत्पादन, फलफुल जन्य, तरकारीजन्य, फ्रेस हाउस आदि । यि सवैको उद्देश्य आफुसँग आवद्ध रहेका सदस्यहरुको हक हितका निमित्त सहयोगी काम कारवाही गर्ने वा गराउने नै हो । तर यि सवै बस्तु विशेषमा सहयोग गर्ने संघ संस्थाहरु पनि उद्योग वाणिज्यको मातहतमा वा बस्तु विशेषका उपसमितिहरु भएर अगाडि बढ्दा फलदायी हुुन सक्दछ ।
कुनै उद्यमी वा व्यवसायी आफ्नो हक हित वा पीरमर्काको लागि एक्लै लड्दा झन्झटिलो हुने, लामो समय लग्ने, खर्च बढि आउने आदि हुन्छ तर हामी चाहे लघु उद्यमी हौ, चाहे साना उद्यमी वा मझौला उद्यमी सवै एकछत्र भएर उद्योग वाणिज्य संघमा आवद्ध भई वार्षिक रुपमा नविकरण तथा ब्यावसायिक जिज्ञासाहरु समेत राख्दै उसका,नीति नियमहरुको पालना गर्दै गएको खण्डमा व्यवसायमा भविष्यमा हुन सक्ने क्षति वा वर्तमानमा भई रहेको क्षतिलाई आफुआवद्ध भएको संघमा आएर तपाईंको व्यवसायलाई आवश्यक पर्ने कुराहरु राखेमा पक्का पनि तपाईको व्यवसायलाई प्राविधिक वा आर्थिक स्रोत बढाउन सहयोग पुग्दछ । जो ब्यवसायको निमित्त फलदायी सावित हुने छ । यस्तैः सरकारी स्वामित्वमा रहेको घरेलु तथा साना उद्योग विकासको कार्यलय र अन्य विभिन्न गैर सरकारी संस्थाहरु विशेष गरी अन्तर्राष्ट्रिय मजदुर संगठन यू.एन.डि.पि. र मेडेपा प्रोजेक्डहरु रहेका छन् भने हालका दिनहरुमा आएर हेलविटास नेपाल जस्ता अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुले पनि हामी उद्यमी व्यवसायीको सहयोगको निमित्त हाम्रा आवश्यक्ता अनुसार परामर्श दिन तत्पर रहेका छन् ।
उद्योग वाणिज्य संघमा आवद्ध हुने हो भने कहिले काहीँ हाम्रा उद्योगमा झिना मसिना कमजोरीहरु जस्तैः उद्योगिहरुले उत्पादन कार्यका लागि विभिन्न प्रकारका मेशिन÷उपकरण (संयन्त्र) प्रयोगमा ल्याएका हुन्छन् । तिनीहरूको रेखदेख गरी आवश्यकता अनुसारको संभार गरी काम गर्ने अवस्थामा राख्नु पर्दछ । अन्यथा मेशिन÷उपकरणहरू (संयन्त्र) विग्रन गई उत्पादन कार्य रोकिन जान्छ जसले गर्दा उद्यमि वा ब्यवसायीहरुको उद्देश्य अनुरुप नाफा आर्जन नभई नोक्सान÷घाटा हुन जान्छ । कुनै कुनै अवस्थामा संभारको अभावमा उद्योग टाट पल्टन सक्छ ।
मर्मत तथा सम्भारको खास उद्देश्य पूर्ण संयन्त्रलाई काम गर्न सक्ने अवस्थामा राख्नु हो । सम्भारले संयन्त्रको विश्वासनीयता बढाउनुको अतिरिक्त कार्य दक्षता बृद्धि गर्दछ । सम्भार कार्यलाई संयन्त्रको आयू बढाउने र कार्य क्षमता मजवुत राख्ने उपायको रुपमा पनि लिन सकिन्छ । सम्भार भन्नाले संयन्त्र, भवन, उद्योगहाता सबैको सरसफाई, तेलको प्रयोग, नियमित जाँच, पेच किल्लाहरू कस्ने, आवश्यकता अनुसार पार्टपूर्जा फेर्ने, सयन्त्रलाई खिइन र बिग्रनबाट जोगाउने आदि कार्यहरू पर्दछन् । संयन्त्र निर्माणकर्ताहरूले उक्त सयन्त्रको सम्भार कार्य के कसरी गर्ने ? कहिले गर्ने आदि सिफारिस गरेका हुन्छन् । सोहि अनुरुप संम्भार व्यवस्थापन गर्नु पर्दछ । यस्ता प्रकारका तालिम वा परामर्श समेत उद्योग वाणिज्य संघले व्यावसायिक विज्ञहरुको सहयोगवाट आफ्ना उद्यमि वा व्यवसायीलाई उपलब्ध गराउन सक्दछ ।
कुनै पनि उद्योग वा व्यवसायको स्थापना र संचालन गर्ने कार्य आफैमा जोखिम पूर्ण हुन्छ । जोखिम वहन गर्न नसक्ने डरले उद्योग वा व्यवसायहरुको स्थापनानै नगर्ने भन्ने चाहीँ हुँदैन । हामी उद्यमी, ब्यवसायीले हामीलाई सहयोग गर्न सक्ने संघ संस्थाहरुसँग आवद्ध भएर गयौं भने पक्का पनि एक्लो सघर्षभन्दा सामुहिक वा संघ संस्थाहरुको माध्यम प्रयोग गर्यौं भने हाम्रा उद्योग वा व्यवसायमा भई रहेका समस्याहरु पक्का पनि न्यूनिकरण भएर जाने कुरामा हामी सवै उद्यमी,व्यवसायी विश्वस्त हुन जरुरी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार