इलाम नगर पालिका प्रदेश नम्वर १ को एउटा पुरानो नगर हो । जुन पहाडी धरातलीय वनौटमा रहेको छ । यो नगर सुदुर पुर्वको एउटा यस्तो नगरी हो जस्ले आफ्नो वेग्लै पहिचान वनाउन तल्लिन छ । यो नगरमा हाल १२ वटा वडाहरु रहेका छन् । विभिन्न गाउपालिकाहरुलाई पुरानो नगरको भुभागमा गास्दै राज्यको पुर्नसंरचना वनाउने क्रममा नगरको क्षेत्रफल पनि फराकिलो भयो । पुरानो ईलाम नगरको भुभाग र नयाँ मिसिएका क्षेत्रहरुलाइ जोडदा एउटा जटिल भौगोलिक संरचना भएको नगरको स्वरुप वनेको छ । यहा भौगोलिक संरचना मात्र जटिल वनेका छैनन् की सामाजिक सास्कृतिक संरचना समेत जटिल वनेका छन् । यहि जटिलतालाई चिरनका लागि नगरपालिकाले जनता सग मेयर कार्यक्रम सम्पन्न गर्यो । लामो समयको अन्तरालमा भएको स्थानिय तहको निर्वाचन पछि स्थानिय नेतृत्व जनताको घरदैलोमा पुगी साक्षातकार गर्ने कार्यक्रमको रुपमा यसलाई प्रयोगमा ल्यायो । करिव १६ महिना उमेरको नगरकार्यपालिका नेतृत्वले जनजनका घरदैलोमा पुगेर गुनासो मात्र सुनेन की आफ्ना गुनासा र वाध्यता समेत सुनाउने काम गर्यो ।
यो कार्यक्रम भदौ २५ गतेवाट शुभारम्भ भई अशोज ४ गतेमा सम्पन्न भयो । जनता सग मेयर कार्यक्रम किन र कसरी भन्ने कौतहलता हामी सवैमा थियो । यो कार्यक्रमको औचित्यता के हो । यस्को सामाजिक असर के रह्यो भन्ने जस्ता विषयमा एउटा स्वतन्त्र विश्लेषकको रुपमा सानो समिक्षा यो लेखमा समावेश गरिएको छ । गाँउगाँउमा सिहँदरवार भन्ने मुल नारा रहेका हालको सरकारको रणनीतिलाइ स्थानियतामा अभ्यास गर्ने क्रममा इलाम नगर पालिकाले यो कार्यक्रमलाइ प्रयोगमा ल्याउने कोशिस गरेको हो की भन्न सकिन्छ । स्थानिय सरकारलाइ अधिकार सम्पन्न वनाउदै जनताको घरदैलोमा विभिन्न सेवा सुविधाको न्यायिक वितरण गर्ने ध्येयले यो कार्यक्रम आयोजना गरिएको हो । इलाम नगरपालिकाले चलाखीपूर्ण आधारमा जनतासग मेयर कार्यक्रम नेपालमा नै पहिलोपल्ट सम्पन्न गर्यो । यो अभियानले नगरक्षेत्रको भूगोलमा वसोवास गर्ने स्थानिय जनतासग साक्षातकार गर्दै मतदाता र नेतृत्व विचमा रहेको दूरीलाई क्रमश घटाउन मद्धत गर्यो । यो कार्यक्रमले आपmनै तालिका अनुसार विभिन्न वार्डहरुमा पालैपालो कार्यक्रम संचालन गरयो । सर्वप्रथम कार्यक्रममा वडा अध्यक्षले अध्यक्षता गर्दै विषय प्रवेशमा सहजता स्थानिय छिमेकी वडा अध्यक्षले सुरु गरे । अनि क्रमश स्थानिय व्यक्तिहरुको प्रश्न र सुझावको चरण सुरु हुने पद्धती रहेको पाइयो । प्रश्नहरुलाई मेयर र सम्वन्धित वडाध्यक्षले आफनै टिपोटमा उतार्ने काम सगसगै अगाडी वढेको पाइन्थ्यो । विकास निर्माणमा हुने ढिलासुस्ती, कर प्रणाली वाटोघाटो, विजुली वत्ती, स्थानिय विद्यालयमा दरवन्दी, वन व्यवस्थापन, दिगो विकासजस्ता विषयमा धेरै भन्दा धेरै प्रश्नरु सोधिएको पाइन्थ्यो । यसरी सोधीएको प्रश्नको क्रमश उत्तर मेयरले दिदै गएको पाइन्थ्यो । कार्यक्रम हेर्दा केवल प्रश्न र उत्तर जस्तो देखिएता पनि यो कार्यक्रममा विभिन्न पाटाहरु रहेका छन । तिन चार घण्टाको प्रश्न उत्तरले सवै विषयलाइ छिनो फानो गर्न नसकेपनि तपाइ हाम्रा दुख सुखका पिर व्येथा आफनै नेतृत्वलाई सुनाउन पाउनु आफैमा कम महत्व चै छैन । कतिपय जनता ले नेतृत्वको मुहार सम्म नदेखिरहेका अवस्थामा नगर नेतृत्वले यो अवसर जुटाउन सक्नु आफैमा कम आकलन गर्न सकिन्न । स्थानिय जनजनका आवाजलाई कसरी नगर नेतृत्वले आफ्ना भावी यो्जनामा समावेश गर्छ हेर्न वाँकी नै छ । जनताका मतहरुको प्रतिस्प्रर्धात्मक गठजोडवाट निर्वाचित मेयरले इलाम नगरलाई एउटा नमूना नगर वनाउन के कस्ता योजना अघि सारेका छन ति योजनाको स्थायित्व के छ भावी कार्ययोजना के रहेका छन , कुनकुन शिर्षकमा के कति वजेटको हिसाव किताव विनियोजन र वाडफाड रहेको छ सवै विषयलाइ प्रष्टयाउने कार्य नेतृत्वले गर्यो । नगर नेतृत्व नेता मात्र हैन हामी सवैको साझा सम्पति हो ,साझा उत्तर दायित्व को जिम्मेवार निकाय हो । नगर नेतृत्वको धरातलिय राजनीति एक ठाँउमा होला तर विकास निर्माण जनसरोकार र जनचासोका विषयमा नेतृत्व सवै नगरवासीमा समानता र समताका आधारमा अगाडी वढेको पाइएको छ । कसैलाइ काखा र पाखा यो नगर नेतृत्वले गर्न सक्दैन यो मानेमा । हामी जनताले पनि विकास र सामाजिक सरोकारका विषयमा चनाखो वन्न आवश्यक छ । यो ढोका उर्घान जनजनसगँ नगरले साक्षतकार गरेको जस्तो हामीले वुझेका छौ ।इलाम नगर एउटा गाउले नगर हो यस्को ९५ प्रतिशत भुभाग गाँउ नै गाँउले ढाकेको छ । नगर नेतृत्वको ध्येय पनि कम विकास भएका ठाउमा धेरै वजेट विनीयोजन गर्दै न्यायमा आधारित विकास को दिर्घकालिन खाका पेश गर्ने रहेका पाइयो । करको दायरालाइ फराकिलो वनाउदै करदाताको आर्थिक हैसियतमा आधारित कर प्रणाली लागु गर्ने योजना नगरको रहेको वुझियो ।
जनतासग मेयर कार्यक्रममा उपस्थितीका आधारमा सवै वर्ग र हैसियतका मानिसहरुको उपस्थितले प्रष्टै झल्किन्थ्यो की अव जनताले विकासमा प्रत्यक्ष सम्लग्नता खोजिरहेछन् । हरेक वर्गका आ आफनै समस्याको उठान र वैठान सो अवसरमा पाइन्थ्यो । युवालाइ रोजगारी कृषकलाइ मल विउ पानी पशुपालन,उत्पादित सामाग्रीको वजारीकरण, विध्यार्थीलाइ असल शिक्षा प्रणाली हुदै वृद्धलाइ सामाजिक सुरक्षामा चासो रहको पाइयो । शक्ति सम्पन्न स्थानिय निकायको निर्माणले हामी सवैलाई केही हदसम्म चनाखो त वनाएकै छ तर यसको दिगो कार्यन्वयनमा चुनौतीका पहाड पनि थपिएको पाइन्छ । इलाम नगरले यी चुनौतीका श्रेणीहरुलाई क्रमश घटाउदै दिगो विकास गर्ने छ । यो विषमा पनि जनजनको चासो रहेको छ । जनतासग मेयर कार्यक्रम विकेन्द्रीकरणको एउटा साक्षात प्रमाण हो, राज्य पुर्नसंरचनाको एक कसि हो नया धरातलका वासिन्दालाई नगरी परिसरमा वाध्ये कसरत हो यो गाठोले केवल भौतिक धरातलमा वाध्ने काम मात्र गरको छैन की भावनात्मक वन्धन समेत गासेको छ । इलामनगरको सात नम्वर वडामा घर भएका मेयरले १२ वटा वडाहरुलाई आफ्नु भावी योजनाको रातो कितावमा वाध्न यो कार्यक्रम सचालन गरेका हुन । जनजन सँग केवल टेवल टकमा मात्र हैनकी आउदा दिनहरुमा नगर भित्रका योजनाहरुको प्रभावकारी अनुगमनमा प्रत्येक हप्तामा एक एकवडाका एक एक कार्यक्रमलाइ नजिक वाट नियाल्ने काम नेतृत्नले गरोस ।
सहजता र मितव्ययीताका आधारमा कार्यक्रमलाइ नियाल्दा वास्तवमा नगर नेतृत्वले जनता सगै वसेर साझसम्म भोकभोकै र तातो घामको प्रवाह नगरी विकासका र आम सरोकारका विषयमा घनिभूत छलफल चलाइएको पाएयो । समयको कसी र पावन्दीलाइ नियाल्दा केही हतारो रहेजस्तो महसुस कहि कहि पाइयो । एकै दिनमा दुइ वडाहरुमा कार्यक्रम गर्नुपर्ने भएकोले मेयर र वहाँको सानो मितव्ययी टिम केही तनाव र थकानमा रह्न्थ्यो । प्राविधिक आधारमा कार्यक्रम सेटिङ मजुवत रहेको थियो भने सामाजिक सन्जाल मार्फत प्रयोगकर्ताले घरघरवाट पनि केही अशं नियाल्न सकिन्थ्यो । जनता सगँ मेयर कार्यक्रम नाम रहेता पनि सम्वन्धित वडाका वडाध्यक्ष,कर्मचारी सदस्यहरुलाई समेत कार्यक्रम व्यवस्थापनमा धेरै चुनौती रहेको भान हुन्थ्यो । आफनै वार्ड कार्यालय हुने वार्डहरुमा भन्दा भाडामा कार्यालय चलाइरहेका वार्डले समस्या धेरै भोग्न परेको महसुस हुन्थ्यो । हरेक कार्यक्रममा कम्तिमा दुइ जना वडाध्यक्षको साथ सगै केही प्राविधिक कर्मचारी मात्र रहेको टिम मितव्ययी नै देखिन्थ्यो ।
वाक पटुतामा निपूर्ण इलाम नगरका मेयर सम्वन्धित वडाका प्रश्नका चाङहरुलाई क्रमश सिलसिलेवार ढगंले समधानका लागी उपायको खोजी र तिनिहरुको सम्वोधनमा कुशलताका साथ दृढ रहेको पाइन्थ्यो । करका विषयमा उठेका प्रश्नहरुले अलिक लामो समय लिएता पनि यसलाइ स्पष्ट वनाउदै लगेको पाइन्थ्यो । लामो समय सम्म लेखाकार्यमा समेत अनुभवी नगर नेतृत्व भएकोले नगरको आय व्ययको दुरुस्त फेहरिस्त राख्नलाइ उहाँले कठिन मान्नुभएन । सवै प्रश्नरुको अभिलेखिकरण गर्दै नगरका कार्ययोजनामा समावेश गर्ने प्रतिवद्धताले साना मसिना प्रश्नले पनि ठाउ पाउने आश गर्न सकिन्थ्यो ।
यो एउटा नमूना सुरुवाती कार्य नगरले थालनी गरेको छ । यस्मा धेरै समिक्षा र वहस गर्न जरुरी छ । यसको सुरुवाती जर्मको मात्र गरेको छु । यसलाइ सकभर अझै समीक्षाको कसीमा वाध्न जरुरी छ वहस र छलफल जरुरी छ नगरको सुरुवाती कार्य भएकोले यी गरीएका यावत कार्यहरुको प्रभाव सकारात्मक रुपमा नै रहेको सामाजिक वुझाइ पाएको छु । इलाम नगरीको यो नमूना कार्य प्रारम्भ सगसगै नगरले अन्य उदाहरणिय कार्य गर्दै गरीव र सामाजिक न्यायको अदालतमा पुग्न नसकेका वर्गलाई सामाजिक कल्याणका कार्यक्रम लागु गर्दै एउटा उदाहरण नमूना नगर वन्दै जाओस् सवै जनजनको साझा व्यतित्वको माला पहिरिन नगर नेतृत्व सफल वनोस् २०७५ शालको वडादश,ै तिहार र छट पर्वको कामना गर्दछु ।


804 पटक हेरिएको 








