जोखिममा पर्दै इलामको पर्यटन उद्योग

  धर्म गाैतम

 562 पटक हेरिएको

अस्ति बिहिबार बिहान एक भव्य प्रभातफेरी गरेर इलाम सदरमुकाम इलाम बजारमा ३९ औं विश्व पर्यटन दिवस मनाइयो । शिक्षा आयोगको परीक्षामा सम्मिलित हुन इलाम आएका ताप्लेजुङ र पाँचथरका परीक्षार्थीहरु यस प्रभातफेरीका मुख्य दर्शक थिए ।
उनीहरुलाई इलाममा पर्यटन दिवस भव्यतासाथ मनाइँदोरहेछ भन्ने सन्देश दिन उक्त प्रभातफेरी सफल रह्यो । यसलाई एउटा उपलब्धिका रुपमा लिन सकिन्छ ।सन् १९८० देखि संयुक्त राष्ट्र संघीय विश्व पर्यटन संगठन (ग्ल्ध्त्इ) को आह्वानमा हरेक बर्ष सेप्टेम्बर २७ का दिनलाई विश्व पर्यटन दिवसका रुपमा मनाइँदै आएको छ । सन् १९७० को सेप्टेम्बर २७ का दिन विश्व पर्यटन संगठनको विधान पारित भएको थियो । यो विधान पारित हुनुलाई विश्व पर्यटन जगतमा एक कोशे ढुङ्गाको रुपमा लिइन्छ ।
त्यसैले यही दिनलाई विश्व पर्यटन दिवस बनाउन रोजिएको हो । पत्रकारिताबाट आप्mनो करिअर शुरु गरी विश्वको पर्यटन विकासमा महत्वपूर्ण भूमिका खेलेका नाइजेरियन नागरिक इग्नासिस अमादुवा अतिग्बीको प्रयासबाट यो दिन छनौटमा परेको हो ।
विश्व पर्यटन दिवस मनाउनुको मूल उद्देश्य विश्व समुदायमा पर्यटनको भूमिकाबारे सचेतना अभिबृद्धि गर्नुका साथै पर्यटनले विश्वस्तरमा सामाजिक, राजनीतिक तथा आर्थिक मूल्यहरुलाई कसरी प्रभावित गर्दछ भनेर विश्व समुदायबीच जानकारी गराउनु रहँदै आएको छ । यो दिवस आयोजना गर्न हरेक बर्ष एक राष्ट्रलाई आयोजक र बर्षको मूल नारा घोषणा गरिन्छ । यसपालिको आयोजक राष्ट्र हङ्गेरी हो जसको राजधानी बुढापेस्टमा मूल समारोह मनाइएको छ । यस बर्षको नारा ‘पर्यटन र विद्युतीय रुपान्तरण’ (त्यगचष्कm बलम तजभ म्ष्नष्तब ित्चबलकायचmबतष्यल) रहेको छ । हङ्गेरीको बूढापेस्टलाई विद्युतीय भविश्यमाथि प्रतिवद्ध युरोपको पुरानो राजधानीका रुपमा लिइने हुनाले बर्षको नारा र मूल समारोहस्थलबीच सामञ्जस्य रहेको बताइन्छ ।
यस बर्षको पर्यटन दिवसको नारा पर्यटनको दिगो विकासमा विद्युतीय (मष्नष्तब)ि प्रविधिको सम्भावनायुक्त योगदानका बारेमा सचेतना अभिबृद्धि गर्न सहयोग पु¥याउनुका साथै थप जिम्मेवार र समावेशी पर्यटन क्षेत्रमा लगानी, साझेदारी र सहकार्य गर्न प्रेरित गर्ने अपेक्षाका साथ तय गरेको देखिन्छ । पर्यटन विकासमा बजारीकरणको ठूलो महत्व हुन्छ र यस बेला विद्युतीय माध्यम (खासगरी वेभसाइट) बजारीकरणका लागि सबभन्दा सहज साधन भएको छ ।
यस पृष्ठभूमिमा इलामको पर्यटन विकासका बारेमा चर्चा गर्नु सामयिक ठहर्छ । पर्यटनले मानवीय रुचीसँग सम्बन्ध राख्दछ । मानिसका रुचीको कुनै सीमा छैन । हरियालीमा हुर्केका मानिसका लागि मरुमूमि आकर्षक हुनसक्छ । तराईमा बसोवास गर्नेलाई पहाड घुम्दा बेग्लै आनन्द आउन सक्दछ । शहरको भीडभाडमा जीवन चलाउनु परेकालाई ग्रामीण क्षेत्रमा पैदल यात्रा गर्नु रमाइलो हुन सक्छ । इलामको पर्यटनको कुरा गर्दा यहाँको प्रकृति र संस्कृतिलाई मुख्य उपजका रुपमा लिनु पर्दछ । एक हजार सात सय वर्ग किलोमिटर मात्रै क्षेत्रफल भए पनि यहाँको भू–वनौटमा ठूलो विविधता छ । तराई, चुरे, मध्य पहाड र उच्च पहाडको संगम हो इलाम । १४० मिटरको उचाइबाट शुरु भएको इलामको भू–धरातल ३६ सय ३६ मिटरसम्म पुग्छ । त्यसकारण यहाँको हावापानीमा विविधता छ । हावापानीमा विविधता हुनु भनेको जैविक विविधता हुनु पनि हो ।
इलाममा विविध जातजातिका मानिसको बसोबासो छ । ती प्रत्येक जातजातिका आप्mनै परम्परा र संस्कृति छन् । तेस्रो मुलुकका लागि यो सांस्कृतिक विविधता रुची र चासोको बिषय हुनसक्छ । लाप्चा जातिको नेपालमा बसोबासो इलाममा मात्रै छ । त्यसो भएकाले लाप्चाको परम्परा र संस्कृति नेपालकै अन्य भू–भागका मानिसका लागि उत्सुकताको बिषय हुनसक्छ ।
प्राकृतिकरुपले इलाम अत्यन्त सुन्दर छ । तर यो सुन्दरताको अवलोकन गर्न इलामका विभिन्न क्षेत्र पुग्नु पर्दछ । हामीले यसको मिहिन र राम्रो प्रचार प्रसार गर्न सकेका छैनौं । इलाम सुन्दर छ भनेर प्रचारित छ । इलाम जिल्ला र यसको सदरमुकाम दुबैको नाम इलाम भएकाले देशका अन्यभागबाट इलाम हेर्न घुम्न आउनेहरु सदरमुकाम इलाम बजार आपुग्छन् । तर इलाम बजार र यसको नजिकको आसपासमा पर्यटकीय आकर्षणका बनिबनाउ दर्शनीयस्थलहरुको अभाव छ ।
इलाममा ठूलै संख्यामा आन्तरिक पर्यटकहरु आउँछन् । यिनीहरु व्यक्ति भन्दा पनि संगठीत समूहमा आउँछन्, जस्तै सामुदायिक वन उपभोक्ता समूह, कृषक समूह, स्कूल कलेजका विद्यार्थी आदि । हामीले कुनै प्याकेजको बजारीकरण गर्न नसकेका कारण उनीहरु एक रात इलाम बजार बस्नेगरी आउने गर्दछन् । बेलुकी बास बसी बिहान घुम्न निस्कँदा बास बसेका ठाउँमा उनीहरुको प्रश्न हुन्छ– यहाँ घुम्ने हेर्ने ठाउँ कता के छ ?
बजार वरपर त्यस्तो आकर्षणको स्थल÷वस्तु छैन ।
त्यसैले एक फन्को बजार घुम्छन् र फर्कन्छन् । तिनले इलामका बारेमा जे सुनेका हुन्छन् त्यस्तो पाउँदैनन् । त्यसैले आप्mनो ठाउँ फर्केर ‘इलाममा खासै केही छैन’ भन्ने सम्भावना धेरै बढ्दै छ । यसो हुनु हाम्रा लागि दुर्भाग्यको कुरा हो ।
इलाम बजारको आसपासमा पनि रमणीय स्थलहरु नभएको होइन तर तिनलाई थोरै बनाउन र सिंगार्न आवश्यक छ । जस्तो, स्थानीय युवाहरुको सक्रियतामा भालुढुङ्गालाई सजाउने काम हुँदै आएको छ । त्यहाँ पुगेर केही समय मानिस अल्मलिन सक्छन् । त्यस्तै काम अन्यत्र पनि गर्न आवश्यक छ ।साह्रै धेरै सम्भावना भएको क्षेत्र सेतीदेवी हो तर त्यहाँसम्म पुग्ने सडकको स्तर खत्तम छ । त्यो सडकलाई बाह्रैमास ठूला÷साना गाडी समेत चल्न सक्ने बनाएर त्यस क्षेत्रमा केही मानवीय सिर्जना थप्ने हो भने त्यस क्षेत्रमा पर्यटकलाई एक दिन सजिलै भुल्याउन सकिन्छ ।त्यस्तै महभीरको रक क्लाइम्बिङ क्षेत्र अर्को सुन्दर गन्तव्य बन्न सक्छ । तर अहिले जे छ त्यतिले मात्रै पुग्दैन । त्यहाँ पनि झरना, उद्यान, चमेना घर लगायतका कुरा थप्न आवश्यक छ । माई किनारमा जलाशय बनाएर जलक्रिडाको सुविधा सञ्चालन गर्न सकिन्छ । सडकको कुरा त छँदैछ । बुद्धपार्क क्षेत्रलाई पुष्प उद्यानका रुपमा विकासको सम्भावना प्रवल छ ।
अझ नजिकै शेराको निर्माणाधीन बाल उद्यान छ । त्यहाँ निकै काम भएको छ । त्यसलाई अब थोरै लगानी र व्यवस्थापनले सञ्चालनमा ल्याउन सकिन्छ । पर्यटक लक्षित आकर्षक स्थलहरु बनाउँदा बालबालिकालाई ध्यानमा राखनु पर्दछ । बालबालिका रमाउने ठाउँ भयो भने करैले पनि अभिभावक त्यहाँ अलमलिन वाद्य हुन्छन् । अचेल सपरिवार निस्कन्छन् घुम्न विदा आदि मनाउनेगरी । यस्ता समूहमा बालबालिका हुन्छन् नै । अतः तिनको रमाइलो आमा बाबुको उद्देश्य हुन्छ ।
यस बेला इलाम बजार सुक्दै गएको चिन्ता सर्वत्र सुन्न पाइन्छ । यसलाई जोगाउने मोटामोटी तीन पक्ष छन्– स्वास्थ्य, शिक्षा र पर्यटन । इलाम जिल्ला अस्पतालले अपेक्षित सेवा दिन सकेको छैन । त्यसो हुनाको मुख्य कारण जनशक्तिको अभाव हो । विशेषज्ञ डाक्टर आउँदैनन्, आएपनि निरन्तर बस्दैनन् । त्यसकारण यी जनशक्ति सुनिश्चित गर्न आवश्यक छ । यदाकदा विशेषज्ञ डाक्टर भए पनि त्यसको जानकारी समुदायलाई हुँदैन । यतातर्पm पनि ध्यान दिन आवश्यक छ ।झापा, सुनसरी, मोरंगतिरका विद्यार्थीलाई समेत आकर्षित गर्ने गुणस्तरीय स्कूल इलामको अर्को आवश्यक्ता हो । त्यसका लागि लगानीको वातावरण बनाउन आवश्यक छ । हावापानीका दृष्टिले शिक्षण संस्थाको सम्भावना प्रवल छ । खासगरी एघार बाह्रमा गुणस्तरीय विज्ञान संक्याय ज्यादै खड्केको बिषय हो । स्नातक तहको विज्ञान बिषय पढाउने गुणस्तरीय कलेजको आवश्यक्ता छ इलामलाई । त्यसो भएमा छिमेकी जिल्लाका विद्यार्थी समेत तान्न सकिन्छ ।
इलाम क्याम्पसको हर्टिकल्चर संकायमा पनि केही समस्या देखिन्छ । त्यसलाई व्यवस्थित गर्न बितेको छ । इलाम क्याम्पसलाई विश्वविद्यालयमा स्तरोन्नति गर्ने काम कता अल्मलिएको छ थाहा भएन । राजनीतिक नेतृत्वको ध्यान यसतर्पm जान आवश्यक छ । ठूलो टुँडिखेललाई व्यवस्थित गरेर स्टेडियम बनाउन सक्दा खेलकुद पर्यटन फस्टाउने सम्भावना प्रवल छ । जिल्लाका कृषि, पशुसेवा कार्यालयहरु अनिश्चितताको भुँमरीमा देखिन्छ । कृषि पर्यटन इलामको सम्भावनाको अर्को ठूलो क्षेत्र हो । चियाको अनुसन्धान केन्द्र बनाउनेतर्पm राज्यको ध्यानाकर्षण गर्न आवश्यक छ । यी सब कार्यमा राजनीतिक नेतृत्वको क्रियाशीलता आवश्यक छ ।
संक्षेपमा भन्दा इलाम बजार वरपर आकर्षक पर्यटकीय गन्तव्य तयार गरी यहाँ आउने पर्यटकलाई कम्तिमा एक दुई दिन अड्याउने कार्य तत्काल गर्न आवश्यक छ । त्यसपछि यसलाई केन्द्र बनाएर अन्य क्षेत्रमा पर्यटक लान ट्राभल एण्ड टूरसँग सम्बन्धित संस्था स्थापना गरी प्याकेज सेल गर्ने आधार तयार गर्नु वान्छिनिय छ । अन्यथा इलामको पर्यटन गफाडीको अखडामा परिणत हुन बेर लाग्ने छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार