यूएर्इका नेपालीसँग ‘दुर्इ थोपा हाँसो’

चारैतिर टाँगिएको डोरी र डोरीमा झुण्डिएका पहेला र आँकाशे रंगका डाँग्रीहरु । थकित मुहार र गलित शरीरमा हर्षको वर्षा भयो । जब लक्ष्मण गाम्नांगेको ‘अहिले आँलु मुला पकाऊ, भरे मुला आँलु पकाउँ’ कविता वाचन गरे । उनले नेपाल र यूएईका शहरको तुलना गर्दै यहाँ फोहोर नहुनु, सडकमा खाल्डाखुलडी नदेखिनु र वायु स्वछताको अवस्थाका आधारमा व्यङ्गे चिट्ठी वाचन गरेका थिए ।

‘एउटा पुलिस पछाडिबाट आयो
कठालोमा च्याप समायो
पहिलो बोल्यो,
दाह्री किन पालेको
दोस्रो बोल्यो,
दे दे सालेको
तेस्रोले
जुरुक्क उचालेर फालेको
अनि, पो कविता लेख्न थालेको ‘

भन्दै व्यङ्ग्य कवि अर्जुन पराजुलीले कविता वाचन गर्दा तालीसँगै हाँसोको फोहोरा छुटेको थियो । लगतै उनले दर्शक दीर्घामा आफ्नो एकमात्र छोरीका लागि ‘घरज्वाई बस्ने’ वर कविता मार्फत खोज्दै थिए । बीचबीचमा कार्यक्रम संचालक टंक आर्चायको हाँस्यरस मिश्रित मुक्तकहरुले आम दर्शकलाई कहिले राष्ट्रप्रतिको प्रेम भाव उत्पन्न गराउँथ्यो त कहिले देशप्रतिको जिम्मेवारी बोध गराउन सफल भएको थियो ।

कार्यक्रम संचालक टंक आर्चायले बाबा रामदेबलाई मञ्चमा उपस्थित भइ योग सिकाउन निमन्त्रणा दिएका थिए । योग सिकाउने क्रममा योग गुरु रामदेवले दलाली मुक्ताशन, उतरापादाशन भन्दै तस्करी गरी नेपालीहरुलाई ठग्ने व्यक्तिहरुबाट सचेत हुनुपर्ने, यहाँ आर्जन गरेका रकमा सुरक्षित र भरपर्दो बैकिंग प्रणालीबाट पठाउन आग्रह गरेका थिए ।

नेपालीहरुको स्वस्थ्य र सुरक्षित भविष्यका लागि खान, पान ध्यान दिन जरुरी भएको कुरा बाबा रामदेब (मनोज गजुरेल) ले आम नेपालीहरुलाई लाम्टा दुख्ने गरी हाँसाएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार