दक्षिण कोरिया /चीनको वुहान प्रान्तबाट संक्रमण सुरु भएर अहिले विस्वभर महामारिको रुपमा संक्रमण बढी रहेको कोभिड – १९ अर्थात कोरोना भाइरसबाट पहिलो पटक दक्षिण कोरियामा एक नेपाली संक्रमित भएको पुष्टि भएको छ ।
राजधानी सौलबाट करिब १६० किलोमिटर टाढा छुङछङ नाम्दो प्रान्तको छङयाङगुन फिबोङम्यनस्थित एक खिम्ची बनाउने कम्पनीमा कर्यरत २० बर्षीय नेपाली युवतीलाई कोरोना संक्रमण भएको स्थानीय संचार माध्यमहरुले जनाएका छन ।
युवतिलाई कोरोना संक्रमण देखिए पछि उक्त कम्पनीमा कार्यरत अन्य सहकर्मीहरुको स्वास्थ्य परीक्षणमा समेत पोजिटिभ देखिए पछि हाल सबैको उपचार भै रहेको छ ।
रोजगारी,शिक्षा,व्यापार ,वैवाहिक सम्बन्ध लगायत भिभिन्न क्षेत्रमा करिब ५० हजार बढी नेपालीहरु रहेको अनुमान गरिएको दक्षिण कोरियामा संक्रमण सुरुभए यता आधिकारिक रुपमा पहिलो पटक नेपालीलाई संक्रमण भएको पुष्टि भएपछि गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA दक्षिण कोरियाले एक सुचना मार्फत सबैजना सचेत र सुरक्षीत रहन तथा
यस्तो विषम परिस्थितिमा अफ्नो कार्यक्षेत्र बाहेक अन्य क्षेत्रमा निस्कने,भेटघाट गर्ने जस्ता कार्यहरु गरेर स्थानीय सरकारको महामारी नियन्त्रण तथा रोग निर्मुल सम्बन्धी नियमलाई उल्लंघन नगर्न अनुरोध गरेको छ ।
साथै ३८ डिग्री भन्दा बढी ज्वरो आएमा वा कोरोना सम्बन्धी कुनै पनि लक्षण देखिएमा १३३९ नम्बरमा कल गरेर आफ्नो एरिया कोड पछि १२० डायल गरि आफ्नो बारेमा जानकारी गराएर सार्वजनिक स्वास्थ्य केन्द्रमा उपचार गराउन अनुरोध गरिएको छ ।
चीन पछि पहिलो पटक कोरोना भाइरस पुष्टि भएको देश दक्षिण कोरियाले सबै भन्दा छिटो भाइरस नियन्त्रण गरेको थियो । संक्रमण सुन्यमा झरे पछि सामाजिक दुरि लगायत सार्वजनिक भेटघाट लाई केही खुकुलो बनाइए पछि पछिल्लो पटक कोरियामा संक्रमणले उच्च रुप लिइरहेको छ । हाल दैनिक २ सय ५० देखि ३ सय बढी संक्रमित भेटिन थालेपछि अहिले फेरि कोरियामा १० जना भन्दा बढि भेटघाट हुन सार्वजनिक कार्यक्रमहरु गर्न चर्च तथा होटलहरुमा भेला हुन अनिश्चित रोक लगाएको छ ।
कोरियामा हालसम्म २०४४९ जना संक्रमित मध्य ३ सय २६ जनाको मृत्यु भइसकेको छ भने १५३५६ जनाको सफल उपचार भएको छ ।