काेरियामा तीन सय बढीकाे ज्यान लियाे

काेराेना कहर

  शंकर विस्वासी

 641 पटक हेरिएको

दक्षिण कोरिया/चीनको वुआन प्रान्तबाट फैलिन सुरु भएको मानिएको कोभिड -१९ अर्थात कोरोना भाइरसले यति खेर विस्वभर महामारीको रुप लिईरहेकोछ । भाईरसका कारण स्वास्थ्यमा मात्र होइन आर्थिक लगायत सम्पूर्ण क्षेत्रमा नकारात्मक असर पारीरहेको छ । भाईरस सुरुवात भएको चिन पछि सबै भन्दा पहिले प्रभावित बनेको र एकदमै छिटो संक्रमण फैलिएको मानिएको दक्षिण कोरियामा सबैभन्दा छिटो नियन्त्रणमा लिइएको पनि थियो र कुनै बेला संक्रमितको संख्या शुन्यमा झरेको थियो ।
सामाजिक भेटघाट, सार्वजनिक कार्यक्रम लगायत क्रियाकलापमा केही खुकुलो पारिए पछि भाईरस पून: नियन्त्रण बाहिर गएको छ । अहिले दैनिक २८ देखि ४८ जना सम्म संक्रमित भेटिन थालिए पछि फेरि चिन्ता र चासोको विषय बन्न थालेको छ । त्यसो त सुरुवातमा जस्तो मानिसहरुमा भाइरसको आतंक भने खासै देखिएको छैन । तर पछिल्लो तथ्यांक अनुसार दक्षिण कोरियामा कोरोना भाइरसकै कारण मृत्यु हुनेको संख्या ३०० पुगेको छ । दक्षिण कोरियामा हालसम्म १४२०३ जना संक्रमित मध्य १३००७ जनाको सफल उपचार भएको छ भने ८९६ जनाको हाल आइसोलेसनमा उपचार भै रहेकोछ छ ।
हालसम्म १,५३७,७०४ मा गरिएको स्वाव परिक्षण मध्य ०.९ प्रतिशतमा कोरोना पोजिटिभ देखिएको छ । भाइरसका कारण नेपालले हवाई यातायातमा लगाएको प्रतिबन्धका कारण कोरियामा कार्यअवधी समाप्त भै नेपाल जान चाहने र विदामा नेपाल गएर फर्किन चाहने नेपालीहरु सबै भन्दा बढी प्रभावित बनेका छन । यसै कुरालाई मध्यनजर गर्दै गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया र नेपाली राजदुतावास दक्षिण कोरियाको संयुक्त प्रयासमा चार्टर उडान गरेर केही कामदारलाई नेपाल सम्म लाने र नेपालबाट ल्याउने काम भै रहेको छ । यता कोरिया आए पछि कामदर आफैले होम क्वारेन्टाइनको लागि खाने बस्ने व्यवस्था गर्नु पर्ने र दैनिक १ लाख कोरियन वन सम्म खर्च हुने वताइएको छ । तर खुशिको कुरा करिब ५० हजारभन्दा बढी नेपालीहरु रहेको मानिएको दक्षिण कोरियामा हालसम्म कोहि पनि नेपालीलाई कोरोना भाइरसले संक्रमण गरेको पाइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार