दक्षिण कोरिया /रोजगारी,शिक्षा लगायत विभिन्न पेसा अन्तर्गत कोरियामा रहेका इलामेली यूवाहरुको साझा सामाजिक संस्था इलामेली समाज दक्षिण कोरियाले माइजोगमाई गाउँ पालिका – ४ नामसालिङ इलामकी कविता दिलुङ्छा राई लाई आर्थिक सहयोग गरेको छ ।
२०४८ सालमा नामसालिङमा जन्मिएकी कविता धर्मदेवी नगर पालिका – ३ संखुवासभाका आकाश गुरुङ संग विवाह गरि मोरङ जिल्लास्थित पथरीमा अस्थायी बसोवास गर्दै आएकी थिइन । राइको एक ३ बर्षीय छोरी छिन । एम एड सम्म अध्ययन गरेकी राईको स्वास्थ्यमा सामान्य समस्या देखिए पछि उपचारको क्रममा उनको दुइ ओटै मृगौलाले काम नगर्ने भनिए पछि चिकित्सकहरुको सल्लाह अनुसार भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा उपचार गाराइ रहेकी छिन ।
नेपालमा मृगौला रोगको उपचार अत्यन्तै महङ्गो पर्ने गर्दछ । पीडित राईको पारिवारिक आर्थिक अवस्था कमजोर रहेको र थप उपचारका लागी आर्थिक अभाव भए पछि परिवारले अभियान मार्फत आर्थिक सहयोगको याचना गरेको थियो । कविता राई बचाऔ अभियान अन्तरगत कोरियास्थित इलामेली समाजका कोषाध्यक्ष सुदिप फागोको संयोजकत्वमा कोरियामा रहेका विभिन्न सहयोगी दाताहरुबाट संकलित नगद एक लाख सातहजार तीन सय नेपाली रुपैयाँ पीडित कविता राइको श्रीमान आकाश गुरुङलाई हस्तान्तरण गरिएको समाजका अध्यक्ष केदार निरौलाले जानकारी गराएका छन् । सामाजिक सेवाको उदेश्यले स्थापित सो संस्थाले यस अघि पनि विभिन्न अभियान मार्फत इलाम लगायत नेपालका विभिन्न ठाउँका पिडित तथा सामाजिक कार्यहरुमा आर्थिक सहयोग गर्दै आएको छ ।