सुजुकी मोटरसाइकल तथा स्कुटरको लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो उत्कृष्ट बाइक इन्ट्रुडरको प्रत्येक खरिदमा बैकंक भ्रमण वा ४३ इन्च स्मार्ट एलइडी टिभी. को योजना ल्याएको छ ।
यही चैत्र १३ गतेदेखि लागू गरिएको यस योजना अन्तर्गत प्रत्येक इन्ट्रुडर बाइकको खरिदमा ग्राहकले आधुनिक स्टाइलिस तथा विशेष गुणहरु भएको इन्ट्रुडर बाइकका साथै बैकंक वा ४३ इन्च स्मार्ट एलइडी टिभी प्राप्त गर्ने कम्प्नीले जनाएको छ ।
यो योजना नव वर्ष २०७६ लार्ई मध्य नजर गरी सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएको छ । इन्ट्रुडर बाइक आफैंमा आकर्षक हुनुको साथै स्टाइलिस हेडलाइट, डिजिटल मिटर, तीक्ष्ण अनुपम दोहोरो विश्वास, सुविधाजनक क्रुजरबाइकमा बस्ने पोजिसन सहितको विलासितापूर्ण स्टालिङ्गरहेको छ । यो चालकको सुरक्षाको लागि १५० सीसी को बाइक समूहमा एबिएस जडान गरिएको एक मात्र क्रुजर बाइक हो ।
धेरै फिचरहरु भएको इन्ट्रुडर बाइकमा नयाँ वर्षको योजनाले ग्राहकको मन जित्ने कुरामा कम्पनी विश्वस्त छ ।