इलामेली समाज दक्षिण कोरियाले विदाई तथा सम्मान कार्यक्रम

  शंकर विस्वासी

 1935 पटक हेरिएको

दक्षिण कोरिया/ कोरियामा रहेका इलामेली हरुको साझा संस्था इलामेली समाज दक्षिण कोरियाले विदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको छ ।
संस्था स्थापना कालदेखी अहिलेसम्म रोजगारी र व्यस्तताको वावजुत पनि संस्थाका लागी महत्त्वपूर्ण योगदान पुर्याए वापत संस्थाका पदाधिकारिहरुलाई उच्च सम्मान सहित विदाई गरिएको हो । संस्थापक सदस्य शान्तिप्रसाद गौतम,संस्थापक कोषाध्यक्ष तथा निवर्तमान अध्यक्ष मन्जु लावती र संस्थापक सदस्य जगदिश पौडेललाई कोरियाको राजधानीस्थित तोङ्देमुनमा एक विषेश कार्यक्रमका बीच सम्मान पत्र सहित खदा ओढाएर सम्मान गरिएको हो ।

अध्यक्ष लावती र पौडेल आफ्नो ४ बर्ष १० महिनाको कार्यअवधि सकेर तथा गौतम दोस्रो कार्यअवधी अर्थात थप ४ बर्ष १० महिनाको कार्यअवधि समेत सकेर स्वदेश फर्किन लागेका हुन । साथै अध्यक्ष लावतिले आफ्नो अध्यक्षता राजिनामा गरे संगै समाजका वरिष्ठ उपाध्यक्ष दर्पण गुरुङ सर्बसहमत अध्यक्ष पदमा चयन भएका छन् । समाजले कोरिया तथा नेपालमा समेत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार