इलाम नगरपालिका वडा नं. ५ मा रहेको नमूना कृषि सहकारी संस्थाले दुई करोड ५० लाख बराबरको कारोबार गरेको छ । शनिबार सम्पन्न संस्थाको ११ औं साधारण सभामा प्रस्तुत आर्थिक विवरणमा संस्थाले गएको वर्ष तीन लाख ४६ हजार रूपैयाँ नाफा कमाएको जनाइएको छ ।
संस्थाकी अध्यक्ष सीता रिजालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको वडा नं. ५ का वडाध्यक्ष ठाकुर नारायण श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाका चार जना शेयर सदस्यहरूलाई समेत सम्मान गरिएको छ । सम्मानित हुनेमा असल ऋणिका रूपमा जानुका श्रेष्ठ, बाल बचतकर्ता एन्जल मगर, एकल बचतकर्ता नेत्रकुमारी घिमिरे, नागरिक बचतकर्ता बलभद्र घिमिरे रहेका छन् ।