यो तस्बिर देखेर तपाईंलाई लाग्न सक्छ यो एउकै केटीको तस्बिर हो। तर, यो तस्बिर एउटैको नभएर उस्तै अनुहार भएका दुई युवतीको हो।
दुई यस्ता युवती छन् जो तस्बिरमा मात्र नभएर व्यावहारिक जीवनमा पनि उस्तै छन्। यिनीहरूलाई world’s most identical twins पनि भन्न थालिएको छ। यिनीहरुको नाम अन्ना र लुसी हो। अस्ट्रेलियाको पर्थका यी जुम्ल्याहा दिदीबहिनीले एउटै जस्तो देखिन एक करोड ७६ लाख रुपैयाँ खर्च गरेका छन्। उनीहरूले लिप फिलर्स, ब्रेस्ट इम्प्लाइन्ट्स, फेसियल र लेजर ट्रिटमेन्टका यो रकम खर्च गरेका हुन् ।
अर्को रोचक कुरा के छ भने यिनीहरूको ब्वाइफ्रेन्ड पनि एउटै छन्। सामाजिक सञ्जालमा उनीहरू धेरैपटक ‘ट्रोल’ को सिकार भएका छन्। उनीहरूलाई धेरैले केटीहरुको प्लास्टिक लुक, प्लास्टिक बार्बी डान्स, फिस लिप्स भनेर दिक्क बनाउने गरेका छन्। उनीहरुले अब कहिल्यै सुई नलगाउने निर्णय गरेका छन् । अहिले यति धेरै मेकओवर गरेकोमा उनीहरू पछुताएका छन्। एजेन्सी


1072 पटक हेरिएको 









