एउटा घरको मूल्य कति पर्ला ? त्यो पनि सुन्दर सहरमा रहेका घरहरु । अवश्य पनि निकै नै महंगो पर्नुपर्ने हो । लाख तथा करोडको भाउमा । तर यो दुनियाँमा यस्तो सहर पनि छ, जहाँ लाख तथा करोड होइन, जम्मा १ सय २५ रुपैयाँमा घर किन्न पाइन्छ ।
पत्याउनुभएन ? पत्याउनुस् पनि कसरी ? हाम्रो देशका सहरमा सुनको भाउमा घरजग्गा बिकिरहेका छन् । तर, उता इटालीमा भने सरकारले एक युरो अर्थात् झण्डै एक सय २५ रुपैयाँमा घर बेचिरहेको छ ।
इटालीको भूमध्य सागरक्षेत्र नजिक सार्डिनियास्थित ओलोलार्इ भन्ने सहरमा एक यूरोमा घर पाइन्छ ।
विश्वका कुनै पनि देशका मानिसले यहाँ घर किन्न सक्दछन् ।
ओलोलाइमा पहिले जनसंख्या धेरै थियो । तर मानिसहरु यहाँबाट बसाइ सरेर जान थाले । पछिल्ला ५० वर्षमा यहाँको जनसंख्या घटेर केवल १३ सयमा झरेको छ । मानिसहरुले बसाइँ सरेपछि यहाँका घरहरु खाली भएर भुतबंगला बनेका छन् । निकट भविष्यमै सबै मानिसले यो ठाउँ छाडेर कतै यो खण्डहर त बन्ने होइन भन्ने चिन्ताले सहरका मेयरले यहाँका घरहरु कौडीको भाउमा बेच्ने निर्णय गरेका हुन् । यहाँका २ सय यस्ता खाली घर बेचिनेछ ।
यहाँ विश्वका जुुनसुकै ठाउँका मानिसले घर किन्न पाउँदछन्, तर एउटा शर्त भने पूरा गर्नुपर्दछ ।