एजेन्सी । विश्वमै दुर्लभ मानिने दुई टाउको भएको सर्प नेपालमा फेला परेको छ।
सर्प विज्ञ एवम् अनुसन्धाता कमल देवकोटा र उनको समूहले अध्ययन अनुसन्धान गरेको विश्वकै दुर्लभ दुई टाउके सर्प ुरेप्टाइल एण्ड एम्फिवियन कन्जर्भेसन जर्नलु सरीसृप र उभयचर संरक्षणमा प्रकाशित छ।
अमेरिकाबाट प्रकाशित हुने सो जर्नलको जनवरी २०२० को अंकमा देवकोटाको अनुसन्धानमूलक लेख समेटिएको हो। नवलपुरका जुद्धवीर श्रीष मगरले आफ्नो घरमा देखेको अनौठो करेत सर्प कालीगण्डकी अस्पताल लगेका थिए।
अस्पतालका प्रमुख एवं सर्पदंश विज्ञ डा. छविलाल थापाले अनौठो सर्प देखेपछि संरक्षण गरेर राखे र पछि सर्प अनुसन्धानकर्ता कमल देवकोटा र उनको समूहले सर्पको विस्तृत अध्ययन अनसुन्धान गरी लेख तयार गरेको देवकोटाले बताए।
देवकाटा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ अन्तर्गत सर्प विशेषज्ञ समूह बिपिएसजीका नेपालका सदस्य हुन्। नेपाल टक्सिनोलोजी संघका उपाध्यक्ष समेत रहेका देवकोटा र उनको समूहले अविषालु जातको दुई टाउको भएको ओलिगोडन अर्नेंसिस ब्यान्डड कुक्ररी सर्प नवलपुरको दलदलेमा फेला पारेको छ।
उक्त सर्पको सामान्य अध्ययन गरी चितवन राष्ट्रिय निकुञ्जमा निकुञ्जका कर्मचारीको रोहवरमा छाडिएको देवकोटाले बताए। दुवै सर्पको डिजिटल भौचर फोटो सिंगापुरको नेसनल युनिभर्सिटीस्थित लि कोग चेन प्रकृति विज्ञान संग्रहालयमा राखिएको छ।