माइजोगमाई गाउँपालिकाले वितरण गर्यो राहत

राहत

  सरलपाटी संवाददाता

 1505 पटक हेरिएको


इलाम। कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण खाद्यान्न अभाव व्यहाेरेका पालिकाबासीलाई माइजोगमाई गाउँपालिकाले राहत वितरण गरेको छ ।
गाउँपालिकाका अध्यक्ष जीतबहादुर राई आफैंसमेत खटिएर मजदुर, असाहय तथा विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । संघीय सरकारले निर्धारण गरेको मापदण्ड अनुसारमा खाद्यान्न वितरण गरिएको तर चारजना भन्दा बढी परिवार संख्या हुनेहरुलाई मापदण्डमा उल्लेख भएको परिमाणमा ३० प्रतिशत थप गरेर राहत वितरण गरेको गाउँपालिकाले जनाएको छ । वडाहरुले पहिचान गरेर सिफारिस गरेका मजदुर, असहाय र विपन्न परिवारलाई राहत वितरण गरिएको हो । गाउँपालिकाका दुई सय ५० परिवारलाई राहत वितरण गरिएको अध्यक्ष राईले बताए । वडा वडाका विभिन्न स्थानहरुमा पुगेर भीडभाड नहुँने गरेर सुरक्षा सावधानी अपनाएर राहत वितरण गरिएको पनि अध्यक्ष राईले बताए ।
दुई जनासम्म भएको परिवारलाई १५ केजी चामल, एक लिटर खाने तेल, दुई थान साबुन, चिनी एक केजी, दाल डेढ केजी, नून एक पाटेक र दुई भन्दा बढी संख्या भएको परिवारलाई ३० केजी चामल, दुई लिटर खाने तेल, चार थान साबुन, दुई केजी चिनी र तीन केजी दाल, दुई पाकेट नुन वितरण गर्ने गरी संघीय सरकारले मापदण्ड बनाएको छ ।
गाउँपालिकाले आइतबार साँझसम्ममा राहत वितरण गरी सक्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार