बिहीबार इलाममा सार्वजनिक विदा

ग्रहणका समयमा वाहिर निस्कन हानिकारक मानिने

  सरलपाटी सम्वाददाता

 763 पटक हेरिएको

इलाम । इलामको माङ्गसेबुङ्ग गाउँपालिकाले बिहीबार सार्वजनिक विदा दिएको छ । बिहिबार खण्डग्रास सूर्यग्रहण लाग्ने भए पछि पालिकाले सूचना जारी गरी स्थानीय तहमा सार्वजनिक विदा दिने निर्णय गरेको हो । पालिकाको सूचना अनुसार, बिहीबार विहान ८ बजेर ४२ मिनेटदेखि ११ बजेर ३१ मिनेटसम्म करिब तीन घन्टा सूर्य ग्रहण लाग्ने भएकाले विदा दिइएको छ ।

ग्रहण लागेको समयमा वाहिर निस्कन हानिकारक हुने वैज्ञानिक सुझाव रहेको र कार्यलयको कामकाजमा समेत प्रत्यक्ष प्रभाव पर्ने देखिएकाले स्थानिय सार्वजनिक विदा दिएको पालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताउनु भयो । यता गृह मन्त्रालयले भने बिहीबार सार्वजनिक विदा नहुने जनाएको छ ।

चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) लाई नै ग्रहण मानिन्छ । ग्रहण खग्रास र खण्डग्रास गरी दुई प्रकारको हुन्छ । ज्योतिषीय भाषामा ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ ।

ग्रहणको समयमा विभिन्न काम गर्न नहुने भनेर शास्त्रमा उल्लेख छ । ग्रहण लागेको समयमा गर्न नहुने विभिन्न कामहरू जस्तो ः– यौन सम्बन्ध राख्न नहुने, भोजन गर्न नहुने, पुजा गर्न नहुने, गर्भवती बाहिर जान नहुने र ग्रहणपछि भने सरसफाइ गर्नु पर्ने उल्लेख छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार