सबैजसो जिन्स पाइन्टको अगाडिको दायाँ गोजीमास्तिर अर्को सानो गोजी बनाइएको हुन्छ।आजभोलि चल्तीमा रहेका अन्य विभिन्न डिजाइनमा बाहेक अधिकांशमा यस्तो गोजी हुन्छ।सामान्यतया हामी यसको प्रयोग गर्दैनौं।
कसै-कसैले यसमा सिक्का, चाबी, पेन ड्राइभजस्ता साना सामान राख्छौं।यो गोजी बनाइनुको प्रयोजन भने अर्कै छ।यो खासमा ‘पकेट वाच (गोजी घडी)’ राख्न बनाइएको हो।सबैभन्दा पुरानो जिन्स कम्पनी लेभिसले आफ्नो ब्लगमा यसबारे जानकारी दिएको थियो।
उक्त ब्लगका अनुसार विश्वकै पहिलो जिन्समा चार वटा गोजी थिएः एउटा पछाडि, दुइटा अगाडि र एउटा सानो।पहिलेका मानिसहरू लामो सिक्री भएको घडी बोक्थे। सिक्रीलाई पेटीमा अड्याएर घडी सहज तरिकाले राख्न जिन्स पाइन्टमा सानो गोजी बनाइएको थियो।तर लेभिसले आफ्नो ब्लगमा अहिले यसको प्रयोग र औचित्य दुवै पूर्ण परिवर्तन भएको बताएको छ।
एजेन्सी


1587 पटक हेरिएको 






