सन्दकपुरका थप चार जनामा कोरोना पुष्टि

  सरलपाटी सम्वाददाता

 1537 पटक हेरिएको

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा थप चार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा सन्दकपुर ४ माबुका तीन जना र सन्दकपुर ३ सुलुुबुङ्गका एक जना रहेको बताइएको छ । यस अघि देखिएका संक्रमितको कन्टयाक टे«सिङ्गका आधारमा एक सय २७ जनाको स्वाब परिक्षण गर्दा चार जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । सन्दकपुर यस अघि वडा सदस्य सहित चार जनामा कोरोना संक्रमण देखिएको थियो । पञ्चकन्या हाइड्रो पावरमा आएर फर्किएका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि उनीहरुको कन्टयाक टे«सिङ्गमा भएकाहरुको स्वाब परिक्षण गर्दा कोरोना संक्रमण देखिएको थियो । त्यस यता सन्दकपुर गाउँपालिकाले लक डाउनको घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार