चिनीया पत्रिका सेक्यूरिटीस टाइम्सले प्रकाशन गरेको एक रिपोटमा जिओनीका अध्यक्ष लिउले जुवामा एक अर्ब ६० करोड रुपैयाँ हारेपछि कम्पनी नै संकटमा परेको छ । उनले १० अर्ब चाइनिज युआन हारेको रिपोर्टमा जवनाएको छ ।
तर, अध्यक्ष एवं सिईओ लिउले यसको खण्डन गरेका छन् । उनले यसलाई हल्ला मात्रै भएको जनाएका छन् ।
उनी जुवाका शौखिन हुन् । प्रायः जुवा खेल्ने गरेका छन् । यस अघि पनि पटक पटक जुवामा हारेका समाचार बाहिर आएका थिए ।
उनले साइपन आइल्यान्डको इम्पेरियल प्यासिफिक रिसोर्टको क्यासिनामो जुवा खेल्दा हारेको जनाएको छ । यो पैसा कम्पनीको खाताबाट निकालेको पाइएको छ ।
जियोनी चर्चित स्मार्टफोन उत्पादन कम्पनी हो । यसले ६ प्रतिशत बजार ओगटेको छ । कम्पनीको खाताबाट एक खर्ब ६० अर्ब रुपैयाँ झिकिएपछि संकटमा परेको हो । त्यसयता उत्पादन कटौती गरेको जनाएको छ ।
यसका अध्यक्ष लिउले जियोनी कम्पनीले एक खर्ब ६० अर्ब रुपैयाँ गुमाएको स्वीकारेका छन् । उनले जुवामा नभएर शेयरमा गिरावट आउँदा गुमाएको प्रतिक्रिया दिएका छन् । जुन कम्पनीका कर्मचारीले समेत पत्याएका छैनन् । एजेन्सीहरुकाे सहयाेगमा