दूधकाे एक दिवसीय नीतिगत कार्यशाला गाेष्टी सम्पन्न

  डम्बर निराैला

 933 पटक हेरिएको

 
 दूधकाे सम्बन्धी एक दिवासीय नीतिगत कार्यशाला गाेष्टी अाज एक कार्यक्रमका बीच ललितपुरमा सम्पन्न भएकाे छ । कार्यक्रम राष्ट्रीय सहकारी महासघका अध्यक्ष केशब बडालकाे अध्यक्षता अतिथिहरू भूमि व्यवस्थापन तथा गरीबि निवारणका सचिब गाेपि नाथ भण्डारी कृषि तथा पशुपक्षी बिभागका सह सचिब डा.गाेबिन्द शर्मा राष्ट्रिय सहकारीका अाेमदेबी मल्ल दुग्ध बिकास संस्थानका प्रमुख विभिन्न दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्षहरू विभिन्न मिडियाका पत्रकार सहकारी कर्मी केन्द्रीय सहकारी बिभागका कर्मचारी जिल्ला सहकारी संघ ईलाम का अध्यक हाेम प्रसाद कट्टेल जिल्ला सहकारी संघ ईलामका सदस्य राज कुमार सुवेदी खुसीयाली कृर्षी सहकारी संस्था ईलाम का सदस्य पूर्णलाल राई लगायतले बाेलेका थिए ।  धनकुटा ,इलाम ,पाचथर र तेह्रथुम का सहकारीकर्मी लगायतकाे उपस्थित थियाे ।
डेरी बव्यवस्थापनका लागि प्रभाबकारी अापूर्ति श्रृंखला व्यवस्थापन सम्बन्धी कार्यपत्र कार्यक्रमका सहजकर्ता पदम भण्डारीले तयार पारेका थिए। उक्त कार्यपत्रमथि टीका टिपणी गर्ने क्रममा मिल्क मिल्क हाेलिडे, दूधकाे मूल्य देशभरी एकै किसिमकाे हुनुपर्ने , किसानलाई कुनै किसिमकाे मार्का पार्न नहुने साथै अब किसानलाई अझै सहुलियतमा अनुदान दिनु पर्ने बताइएकाे थियाे । साथै अन्य वक्ता हरूले मिल्क हाेली डे काे बिषयमा समेत छलफल गरिएकाे थियाे । कृषक हरूका समस्यका बारेमा विभिन्न मिडियाका पत्रकारहरूले समेत चासाे राखेका थिए ।
उन्नति परियाेजनाकाे कार्यक्रमहरूकाे समय अवधि बढाउदा जिल्लाका किसानहरू लाई सहयाेग का साथै फाईदा पुग्छ कि भन्ने मिडिया कर्मीकाे प्रश्न रहेकाे थियाे । साथै उन्नतिले कृषिकाे कुनै पनि कार्य पूरा नगरेकाे भन्ने उपस्थीत सहकारी कर्मीकाे भनाई समेत रहेकाे छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार