रोजगारी लगायत विभिन्न सिलसिलामा कोरियामा रहेका नेपालीहरुले पनि बडादशैं मनाएका छ्न । कोरियास्थित नेपाली राजदुतावासमा राजदुत अर्जुनजङ्ग बहादुर सिहं ले उपस्थित सबैलाई जमरा र टिका लगाउदै आपसी सद्भावको शुभकामना सहित शुक्रबार नै दशैं मनाए ।
यता सनातन साहित्य संगीत साधना samooh(पांच स) र गैर आवासीय नेपाली संघ (NRNA) कोरियाले भने सार्वजनिक विदाको दिन सबैलाई सहज हुने भएकोले आइतबार राजधानी सौल को तोङ्देमून बाट नेपाली बाजागाजा सहित दोङ्म्योआफ स्टेसनको एक पार्कमा दशैंविशेष कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष लक्ष्मी लामा गुरुङले बताइन ।
कार्यक्रममा नेपाली खानाका विभिन्न परिकार,नाचगान सहित उपस्थित सबैलाई टिका जमरा लगाइ दियौं । कार्यक्रममा अधिकतम नेपालीहरुको उपस्थिती पाउदा ज्यादै खुशी लागेको छ, तर केहि नेपालीहरुमा दशैं मान्ने वा नमान्ने भन्ने विवाद सामाजिक संजालहरुमा देख्दा अत्यन्तै दुख लागेको छ । चाडपर्वहरु हाम्रा सांस्कृतिक धरोहर हुन त्यसैले आपसी सद्भाव र एकताकालागी सबैले सबै चाडपर्वहरु उतिकै महत्वका साथ मनाइदिन म हार्दिक आग्रह गर्दछु । नेपाल सम्पर्क समिती (NCC) ले भने कुनै पनि औपचारिक कार्यक्रम नगरेको अध्यक्ष अन्जु के सि ले बताइन । कोरियाको धेरै ठाउँमा कार्यक्रम भएकोले सबैमा उपस्थिती जनाएर एकापसमा शुभकामना आदानप्रदान गरेका छौं । फ्यङतेकस्थित माइग्रेण्ट शेल्टेरमा पनि नेपालीहरुबीच दशैंविशेष कार्यक्रम गरिएको होटल व्यवसायी तथा समाजसेवी अम्बिका डि सि ले बताइन ।
नेपाल परियार समाज कोरियाले पनि माउन्टेन रेस्टुरेन्टमा दशैंविशेष कार्यक्रम सम्पन्न गरेको समाजका कमल बाछिटेले जानकारी गराए । नजिक रहेका र एउटै कम्पनिमा काम गर्ने नेपालीहरुबीच पनि एकापसमा टिका लगाइ दशैं मनाएर खुशी साटासाट गरेका छन । यति मात्रै होइन कम्पनीको मालिकले समेत आफ्ना नेपाली कामदारहरुलाई टिका लगाइ दिएर आशिर्वाद दिएको दृश्यले सबै नेपालीहरुलाई आपसी सद्भावको पाठ सिकाएको छ ।


610 पटक हेरिएको 









