सामान्यतया कुनै कार्यमा व्यस्त रहनुलाई नै व्यवसाय भनिन्छ । तर, सवै व्यस्ततालाई व्यवसाय भन्न मिल्दैन । व्यवसाय पनि एउटा आर्थिक क्रियाकलाप भएको हुँदा आयआर्जन गर्ने वा नाफा कमाउने उद्देश्यबाट प्रेरित भई सम्पन्न गरिने विभिन्न नियमित रुपमा नगरिने क्रियाकलापबाट लाभ प्राप्त भए तापनि त्यसलाई व्यवसाय भन्न मिल्दैन ।
जस्तै कुनै व्यक्तिले बसाँइसराई गर्ने उद्देश्यले आफ्नो घरजग्गा बिक्री ग¥यो र बिक्री गर्दा उसलाई केही फाइदासमेत भएको छ भने पनि सो व्यक्तिको क्रियाकलाप व्यावसायिक क्रियाकलाप होइन । तर, नाफा कमाउने उद्देश्यले जग्गाको खरिद–बिक्री नियमित रुपमा गरिरहन्छ भने सो क्रियाकलापलाई व्यावसायिक क्रियाकलाप भनिन्छ । यसरी मालसामान नियमित उत्पादन गर्नु, नियमित बिक्री गर्नु, नियमित सामान ढुवानी गर्नु, नियमित बैकिङ सेवा प्रदान गर्नु, कृषकले बारीमा नियमित बिक्रीको उद्देश्यले तरकारी उत्पादन गर्नु आदि क्रियाकलापलाई व्यावसायिक क्रियाकलाप भनिन्छ । व्यवसायका प्रारम्भिक चरणमा मानवीय आवश्यकताहरु सीमित थिए र सीमित आवश्यकताहरुलाई एक व्यक्तिद्वारा सञ्चालित व्यावसायिक सगंठनहरुले नै सम्पूर्ण पूरा गर्न सक्षम हुन्थे । मानवसभ्यताको क्रमिक विकासको साथसाथै मानवीय आवश्यताहरु पनि क्रमशः बढ्न थाले र एकजनाद्वारा सञ्चालित व्यावसायले सम्पूर्ण आवश्यताहरु पूरा गर्न नसक्ने अवस्था आयो । फलस्वरुप दुई वा दुई भन्दा वडी व्यक्तिहरु आपसमा मिली संयुक्त पूँजी लगानी र संयुक्त व्यवस्थापनमा व्यवसाय सञ्चालन गर्ने परम्पराको सुरुआत भयो । यस्तो सगंठनको स्वरुपलाई साझेदारी व्यावसाय भनियो । साझेदारी व्यावसायमा पनि वस्तुको व्यापक उत्पादन गर्न नसक्नु,व्यवस्थापन प्रभावकारी नहुनु ,दायित्व असीमित हुनु आदिजस्ता विभिन्न कमजोरीहरुका कारण १९ आँै शताब्दीको उत्तराद्र्धमा भएको औद्योगिक क्रान्तिले बृहत उत्पादन,बृहत वितरण,प्रभावकारी व्यवस्थापन, श्रम विभाजन जस्ता धारणहरुको सुरुवात भयो । फलस्वरुप अन्य विभिन्न प्रकारका व्यावसायिक संगठनहरुको जन्म भयो । कतिपय अवस्थामा सरकारद्वारा समेत व्यावसायिक क्षेत्रमा लगानी सुरु गरियो । त्यस्तै कतिपय अवस्थामा व्यावसायिक संगठनहरुले विदेशमा समेत शाखाहरु सञ्चालन गरी व्यवसायलाई विश्वव्यापी रुप दिन सफल भए । यसरी विभिन्न प्रकारका व्यावसायिक संगठन(स्वामित्वको प्रकार) को क्रमिक रुपमा सुरुवात भयो ।
मुख्य रुपमा, एकलौटी व्यावसायिक संगठन,साझेदारी संगठन,संयुक्त पूजीँ कम्पनी,सहकारी संगठन,सार्वजनिक संस्थान र बहुराष्ट्रिय कम्पनीहरु प्रचलनमा आए । समग्रमा व्यावसायिक क्रियाकलाप अन्तर्गत सेवा तथा वस्तुको उत्पादन,वितरण तथा तिनीहरुको विनिमयसँग सम्बन्धित विभिन्न क्रियाकलापहरु पर्दछन् यस्तै गरेर व्यावसायिक संघ, संस्थाहरु,सहकारी,प्राइभेट लिमिटेड आदिको व्यावसायिक क्रियाकलापसगै सामाजिक उत्तरदायित्व पनि बढेर जान्छ र सामाजिक उत्तरदायित्वहरुवाट पनि पछि हट्न मिल्दैन । सामाजिक मूल्य(मान्यताहरु संरक्षण गर्ने व्यावसायको जिम्मेवारीलाई सामाजिक उत्तरदायित्व भनिन्छ ।
सबै व्यावसायिक संस्थाहरु समाजमै स्थापना हुन्छन् र आफ्ना कार्यहरु समाजमै गर्दछन् । उनीहरुले समाजमै आफ्नो व्यवसायको विकास एवम् विस्तार गर्दछन् । उनीहरुले वस्तु तथा सेवाहरु उत्पादन गर्न समाजका साधनहरुको प्रयोग गर्दछन् । अतः व्यावसायिक संस्थाहरुले सामाजिक मूल्य–मान्यताहरु अनुसार वस्तु तथा सेवाहरुको उत्पादन तथा बिक्रीवितरण गर्नुपर्दछ ।
व्यावसायिक संस्थाहरुको प्रमुख उद्देश्य वस्तु तथा सेवाहरुको बिक्री वितरण गर्नु हो । व्यावसायिक उद्देश्य प्राप्त गर्न व्यावसायले समाजसँग समन्वय गर्नुपर्दछ । अतः व्यावसायलाई सामाजिक–आर्थिक क्रियाकलापको रुपमा लिइन्छ । व्यावसायिक संस्थाहरुले नाफा कमाउनुका साथै सामाजिक उत्तरदायित्व वहन गर्नुपर्दछ तर व्यवसायीहरु राजनैतिक हिसावका जिम्मेवारि पद,प्रतिष्ठावाट भने अलग हुन आवश्यक हुन्छ । यस्ता राजनैतिक रङ्गजन्य पदहरुले व्यवसायलाई अप्रत्यक्ष रुपमा असर पारिरहेको हुन्छ । व्यवसायलाई कुनै गैर–सरकारी संगठनसँग पनि तुलना गर्न पाइदैन । गैर सरकारी संस्थाहरु विशुद्ध समाजसेवा गर्ने अभिप्रायमा संचालित हुनुपर्दछ तर हालका दिनहरुमा यो क्षेत्र पनि राजनैतिक हिसावमा अक्षुतो छैन, हाम्रै जिल्ला मातहतमा पनि अध्यायन गर्ने हो भने कुनै राजनैतिकरणको पनि मुख्य(र्सावजनिक पद) धारणा गर्ने अनि भएसम्म आफै गैर–सरकारी संस्था खोल्ने वा गैर–सरकारी संस्थाको पनि मुख्य पद नै धारणा गरिहाल्नु पर्ने ।
जहाँ क्षमता वा दक्षता हेरिन्न,केवल राजनैतिक रङ्ग मिले पुग्छ तर यो समाजभित्रको विकृति हो । जस्ले समाजसेवा भन्दा पनि राजनैतिक आस्था मिल्ने क्षेत्रहरुलाई बढी प्राथमिकतामा राख्दछ वा राजनैतिक बायस हुन्छ यसले समाज विकासमा गम्भीर असर समेत पार्दछ ।
तर, व्यावसायीले केवल नाफा जान्न जरुरी हुन्छ, बिक्री वढाउने रणनीतिहरु तयगर्नु पर्छ । जुनै व्याक्ति वा फर्म भए पनि व्यवसायीको लागि ऊ ग्राहक हो जहाँ राजनैतिक हिसावमा विभेद गर्नु हुँदैन । व्यावसायिक संस्थाहरुले नाफाको केही अंश व्यावसाय सञ्चालन भएको क्षेत्रमा समाज विकासको निमित्त खर्चेको हुनु पर्दछ यदि वित्तिय सर सहयोग गर्न नसके पनि शारीरिक तथा मानसिक सहयोग भने उक्त समाजलाई गरेको खण्डमा त्यो व्यावसायिक फर्मले थप नाफा आर्जन गर्न वा सामाजिक प्रतिष्ठा बढाउनमा टेवा पुग्दछ ।
१.उपभोक्ताप्रति उत्तरदायित्वःउपभोक्ताहरु उक्त संंगठन, संस्था, सहकारी,प्राइभेट लिमिटेड आदिका आयका प्रमुख स्रोत हुन् । उनीहरु नै व्यावसायको विकास एवम् विस्तारका आधार हुन् । अहिलेको प्रतिस्पर्धात्मक व्यावसायिक युगमा उपभोक्ताको सन्तुष्टिका नै व्यावसायको प्रमुख उद्देश्य हुनुपर्दछ । तसर्थ व्यावसायिक सगंठनहरुले उपभोक्ताको सन्तुष्टिका लागि उचित प्रयास गर्नुपर्दछ ।
उचित मूल्यमा गुणस्तरीय सामानहरु खोजेको समयमा उपलब्ध गराउने,गुणस्तर बृद्धि गर्दै मूल्य घटाउन उचित कदम चाल्ने, वस्तुको प्रकृति अनुसार बिक्रीपछिका अन्य थप सेवाहरु उपलब्ध गराउने, गुणस्तरीय सुधार तथा नयाँ वस्तु विकासमा अध्ययन अनुसन्धान गर्ने । कालो बजारी र गलत विज्ञापनजस्ता अस्वस्थ प्रतिस्पर्धा हटाउने आदि ।
२.कर्मचारीप्रति उत्तरदायित्वःकर्मचारीहरु वस्तुको उत्पादन तथा बिक्रीवितरणमा प्रत्यक्ष संलग्न हुन्छन् र व्यावसायको विकास एवम् विस्तार गर्नु कर्मचारीहरुको प्रत्यक्ष चासो हुन्छ । कर्मचारीहरु संगठनका मूल्यवान् सम्पत्ति हुन् । उनीहरुको कल्याण गर्नु व्यवस्थापनको प्रमुख दायित्व हो । उनीहरु संगठनका अभिन्न अगं हुन् र उनीहरुबाट राम्रो कार्यसम्पादन गराउनका लागि उत्प्रेरित गर्नुपर्दछ ।
वित्तिय र गैरवित्तीय पुरस्कारका माध्यमबाट उनीहरुलाई उत्प्रेरित गर्न सकिन्छ ।कर्मचारीप्रति व्यावसायको उत्तरदायित्व भन्नाले जागिरको स्थायित्व र सुनिश्चित गर्ने,उचित पारिश्रमिक तथा बोनस उपलब्ध गराउने,उच्च शिक्षा,पदोन्नति,औषधोपचार,तालिम तथा अध्ययन भ्रमण आदि कल्याणकारी सुविधाहरु सुनिश्चित गर्ने । कामको उचित मुल्यांकन गर्ने र व्यवस्थापनमा सहभागिता गराउने ।
३.सरकारप्रति उत्तरदायित्वः प्रशासनिक र विकासका कार्यहरु गर्नु सरकारको प्रमुख उत्तरदायित्व हो । सरकारले व्यावसायिक वातावरण बनाउने र व्यावसायिक क्रियाकलापहरु नियन्त्रण गर्ने कार्य गर्दछ । सबै व्यावसायिक क्रियाकलापहरु सरकारी नियम अनुरुप गर्नुपर्दछ । सरकारी सहयोगविना व्यावसायिक क्रियाकलापहरु फस्टाउन सक्दैनन् । व्यावसायहरुले सरकारप्रति उत्तरदायित्व हुने भनेको,सरकारी नीति नियमहरुको पूर्ण पालना गर्ने । इमान्दारी साथ नियमित रुपमा कर तिर्ने, एकाधिकार र अस्वस्थ प्रतिष्पर्धा अन्त गर्ने,बेरोजगारी, गरिबी अशिक्षा र परिवार नियोजनजस्ता सामाजिक समस्या समाधान गर्न सहयोग गर्ने । आयात,निर्यातमा स्वस्थ कारोबार गर्दै राष्ट्रिय प्रतिष्ठान बढाउने ।
४.समाजप्रति उत्तरदायित्वः व्यावसाय समाजमा स्थापना हुनाले समाजले व्यावसायबाट केही कल्याणकारी कार्यको अपेक्षा गरेको हुन्छ । व्यावसायिक संस्थाहरुले नाफाको केही हिस्सा समाजमाकल्याण हुने कार्यमा लगानी गर्नुपर्दछ । व्यावसायले समाजप्रति हर्ने विषेश दृष्टिकोण भनेको वातावरणीय प्रदूषण तथा नियन्त्रण गर्ने ,रोजगारीको अवसर सिर्जना गर्ने, स्थानीय स्रोत,साधनहरुको अधिकतम सदुपयोग गर्ने, सामाजिक मूल्यमान्यताहरु कायम राख्न सहयोग गर्ने, शिक्षा, स्वास्थ्य, खेलकुदजस्ता सामाजिक हित हुने कार्यमा सहभागी हुने आदि ।
नेपालमा सन् १९९० को राजनीतिक परिवर्तनपश्चात् आर्थिक उदारीकरण अवलम्बन गर्दै धेरै सार्वजनिक संस्थानहरुलाई निजीकरण गरिएको छ । यसको अलावा राजनैतिक, सामाजिक, सांस्कृतिक, आर्थिक र प्राविधिक वातावरणमा ठूलो परिवर्तन भएको महसुस गरिएको छ । नेपालमा सन् २००४ को अप्रिल २३ मा विश्व व्यापार संगठनको सदस्य भएपश्चात आर्थिक वातावरणमा ठूलो परिवर्तन आएको छ ।
खुला बजार अर्थतन्त्रको उदय,निजी क्षेत्रको बढ्दो भूमिका,पूर्वाधार विकासमा निजी क्षेत्रको लगानी,बहुराष्ट्रिय कम्पनीको आगमन, सेवा क्षेत्रको विकास, सूचना प्रविधिको विकास, उपभोक्तावादको उदय आदि लाई व्यावसायिक वातावरण मान्न सकिन्छ । व्यवसाय समाजको एक अभिन्न अगं भएको कारणले समाजलाई स्वीकारयोग्य व्यावसायिक नैतिकता बनाउनुपर्दछ ।
व्यावसायिक नैतिकताका महत्वहरु भन्नाले जस्तैः प्रतिष्ठा र ख्यातिमा विस्तार,सरोकारवालाहरुसँग राम्रो सम्बन्ध,सरकारी हस्तक्षेपमा कमी, स्वास्थ्य प्रतिष्पर्धाको विकास, सामाजिक उत्तरदायित्वमा बृद्धि,कार्यवातावरणमा सुधार आदी बुझ्नु पर्ने हुन्छ ।तसर्थ,कुनै पनि ब्यावसायिक संगठन होस या उक्त व्यावसाय सञ्चालन गर्ने उद्यमी,व्यावसायि होस ऊ प्रति समजले हरेक दृष्टिकोणवाट मुल्यांकन गरिरहेको हुन्छ ।
सामाजिक मूल्य–मान्यता,व्यवहार र संस्कृतिले नैतिकतालाई असर पार्दछ । व्यावसाय समाज भित्रकै अंग भएको कारणले समाजलाई स्वीकारयोग्य व्यावसायिक नैतिकता बनाउनु पर्दछ । व्यवसायीको व्यावसायिक आचरण नै व्यावसायिक नैतिकता हो । नैतिकवान् व्यवसायीले समाजमा आफ्नो प्रतिष्ठा र ख्याति कमाउन सक्दछन्,जसले गर्दा दीर्घकालमा नाफाआर्जन गर्न टेवा पुग्दछ । विशेषत ःउद्यमी,व्यवसायीहरुले आफ्नो प्रतिष्ठा र ख्याति कमाउन कृतिम अभाव,कालोबजारी र गुणस्तरहीन वस्तु तथा सेवाको कारोवार बन्द गर्नुपर्दछ ।