‘द भ्वाइस’ अब नेपालमा, ‘नेपाल आइडल’लाई टक्कर देला ?

विश्वकै चर्चित र महंगो रियालिटी शो ‘द भ्वाइस’ अब नेपाल भित्रने भएको छ । ‘नेपाल आइडल’ निर्देशन गरेर चर्चा कमाएका लक्ष्मण पौडेल र उनको टिमले ‘द भ्वाइस’लाई नेपाल भित्राउन लागेको हो ।

एपी १ टेलिभिजन छाडेपछि लक्ष्मणले सामाजिक संजालबाट यो शो नेपाल ल्याउन लागेको संकेत दिएपछि संगीत क्षेत्रमा तरंग उत्पन्न भएको छ । वुझिएअनुसार, ‘द भ्वाइस’लाई नेपाल भित्राउनका लागि औपचारिक संझौता पनि भैसकेको छ । केहि दिनमै पत्रकार सम्मेलन गरेर यो कुराको जानकारी दिने तयारी पनि गरिएको छ ।

‘द भ्वाइस’ नामक रियालिटी शो अमेरिका, अफ्रिका, नेदरल्याण्ड, अष्ट्रेलिया, भारत’ लगायतका १९२ देशमा भव्यताका साथ सफल भैसकेको छ ।

यो टिममा लक्ष्मण पौडेल, सुशिल नेपाल, फिरोज तिमिल्सिना, शिवराम श्रेष्ठ, राज कार्की, सोहन मानन्धर लगायत छन् । यो शोका लागि अहिले नेपालमा सेट समेत निर्माण सुरु गरिएको वुझिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार