सिविन–नेपालकाे वेबसाईटलाई नबिल फाउण्डेसनको सहयोग

काठमाडौं । नबिल बैंकद्वारा प्रवद्र्घित नबिल फाउण्डेसनले सिविन–नेपालले बिशेष गरी बालबालिकाहरुकालागी सञ्चालन गरेको वेबसाईट बालसरोकार डटकम प्रवद्र्धनको लागि १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

सिविन–नेपालद्वारा सिविन हेल्पलाईन, नैकापमा आयोजित एक कार्यक्रममा नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाल तथा बैंकका संचालक प्रताप कुमार पाठकले सो रकम बराबरको चेक सिविन–नेपालका अध्यक्ष माधव प्रधानलाई हस्तान्तरण गरेका हुन् ।

सिविन–नेपाल बालअधिकारको संरक्षण र सम्वद्र्धनका लागि क्रियाशील रहेको एक सामाजिक संस्था हो । सिविन–नेपालले बालअधिकारको जागरुकताको निमित्त विभिन्न माध्यमहरुबाट सरोकारवालाहरुलाई सूचित गर्ने सन्दर्भमा नयाँ वेभसाईट बालसरोकार डटकम सञ्चालन गरेको छ । सो वेभसाईटमा खबर, लेख, सरोकारवाला तथा बालबालिकाहरु संगको अन्तरवार्ता, अडियो र भिडियो, प्रतिवेदन, बालबालिकाहरुको सम्बन्धित नियम तथा नितीहरु समावेश गएिको छ ।

नबिल फाउण्डेसनका अध्यक्ष दयाराम गोपाल अग्रवाले सिविन–नेपाल, जुन असहाय बालबालिकाको भरण पोषण तथा बालबालिकाको वृत्ति बिकासमा समर्पित जस्तो बालअधिकारमुखी संस्थाले सुरुवात गरेको सत्प्रयासमा फाउण्डेसन सहयोगी बन्न पाएकोमा खुशी व्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार