काठमाडौं । नेपालका लागि अशोक लेलैण्डको व्यवसायीक गाडीहरूको विक्रेता आईएमई गु्रप अन्तर्गतको सेवाप्रदायक भगिनी संस्था आइएमई मोटर्स प्रालिले ‘क्याप्टेन’ ट्रिपरको विक्री वितरणको सुरु गरेको छ ।
सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच आइएमई ग्रुपका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाल र अशोक लेलैण्ड लिमिटेडका ग्लोबल ट्रकका अध्यक्ष अनुज कथुरियाले उक्त टि्रपरको विक्रीको उद्घाटन गरेका हुन् ।
अशोक लेलैण्डको क्याप्टेन सिरिजका गाडीहरूमा उच्च माइलेज हुनुका साथै सवारी सञ्चालन लागत पनि कम रहेको कम्पनीले जनाएको छ ।
क्याप्टेन गाडीहरूमा इलेक्टि्रक तथा इलेक्ट्रोनिक विशेषताहरू भएकाले चालकलाई गाडीको विभिन्न अवस्थाहरूको ब्ाारेमा जानकारी प्राप्त गर्न सकिनेछ । नयाँ ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्ने विश्वास कम्पनीको छ ।
‘अशोक लेलैण्ड ट्रकले नेपाली बजारमा एक विश्वसनीय ब्रान्डको हिसाबमा नाम कमाएको छ,’ आइएमई मोटर्सका प्रमुख कार्यकारी अधिकृत कपिल शिवाकोटीले भने, ‘नयाँ क्याप्टेनले यसको बिरासतलाई अगाडी बढाउने र ग्राहकको अपेक्षालाई सर्वोपरी गर्दै अगाडि बढ्ने प्रतिबद्धता जाहेर गर्न चाहन्छौं ।’
क्याप्टेन टिपरका मूख्य आकर्षणको रुपमा उच्च कार्यदक्षता र चालकलाई आरामदायी क्याबिन रहेको छ । ट्रकमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम छन् ।
क्याप्टेन सिरिजका गाडीहरूले आराम, विश्वसनीयता र कार्यक्षमता गरी तीन क्षेत्रमा नेपाली बजारमा प्रतिस्पर्धा गर्ने कम्पनीले उल्लेख गरेको छ ।
भारतमा सन्ा् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रक उपलब्ध छन्ा् ।
१९४८ मा स्थापित अशोक लेलैण्ड व्यवसायीक वाहनमा भारतको दोश्रो ठूलो उत्पादक कम्पनी हो ।
हाल नेपालमा अशोक लेलैण्डका ट्रक/टिपर, बस, साना तथा मझौला व्यवसायिक गाडी, डिफेन्स प्रयोजन लगायतका अन्य गाडीहरू उपलब्ध छन् ।