काठमाडौं । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुको लागि राष्ट्र बैंकले हालै लागु गरेको कुलिङ पिरियणको व्यस्थाले अनिल केशरी शाहले नबिल बैंक जान पाएनन्।
फागुन ५ गतेदेखि लागु हुने गरेर नबिल बैंकले शाहलाई पुस १३ गते नियुक्ति दिएको थियो । पुस १३ गते नै राष्ट्र बैंकले बैंकरहरुको लागि कुलिङ पिरियणको व्यवस्था ल्याएको थियो ।
कुलिङ पिरियण अन्तरगत बैंकका सीइओले जागिर छाडेको ६ महिनासम्म अर्को संस्थामा सीईओ वा सञ्चालकको रुपमा जान नपाउने भएका हुन् ।
शाहले पुस १ गतेदेखि लागु हुने गरि मेगा बैंकबाट राजिनामा दिएका थिए । उनी यसअघि सेञ्चुरी कमर्सियल बैंकमा जाने तयारीमा समेत रहेका थिए । शाहले असारसम्म कुनै पनि बैंकमा सीइओको रुपमा जान नपाउने भएका छन् । हाल नबिलमा सीईओ रहेका शशिन जोशीको फागुन ५ गतेबाट लागु हुने गरी राजीनामा स्वीकृत भएको छ ।
राष्ट्र बैंकको नियम अनुसार बैंक तथा वित्तीय संस्थामा सीइओ पद तीन महिनाभन्दा बढि समय खाली राख्न नपाइने व्यवस्था छ । यही कारण नबिल बैंकले अर्को सीईओको खोजी गर्ने भएको छ । बैंकले जेठसम्म सीइओ नराखी पनि संस्था चलाउन भने सक्ने छ । त्यो अवधिसम्म प्रमुख सञ्चालन अधिकृतले बैंकको जिम्मेवारी सम्हाल्न पाउने छन् ।
हाल बैंकमा विनय कुमार रेग्मी प्रमूख सञ्चालन अधिकृतको रुपमा छन् ।