
गायक तथा संगीतकार देव गुरुङले दशैंको अवसर पारेर ‘बिर्खे दाई…’ गीतको म्यूजिक भिडियो सार्वजानिक गरेका छन् । सोमबार पथरीको रेडियो सिम्रिकमा भएको म्यूजिक भिडियो सार्वजानिक कार्यक्रममा गायक गुरुङले भने–‘दशैं तिहारको अवसर पारेर मैले यो गीतको म्यूजिक भिडियो आफ्नै युट्युव च्यानल जमर्काेबाट सार्वजानिक गरेको छु । आशा छ मन पराईदिनुहुनेछ ।’
भिडियो सार्वजानिक कार्यक्रममा चलचित्र पत्रकार संघ प्रदेश नं. १ का अध्यक्ष सन्तोष राईले पोजेक्टरमा बटम दबाएर भिडियो सार्वजनिक गरेका थिए । चन्दु गोर्खालीको एरेन्ज रहेको सो म्यूजिक भिडियोको शब्द÷संगीत पनि स्वयं गायकले नै गरेका हुन् । उक्त म्यूजिक भिडियोमा टिकाराम राई, दिलकुमार गुरुङ, चिरन सेन्चुरी, सुदिप सेन्चुरी लगायतको अभिनय रहेको छ भने भिडियोलाई अर्जुन सेन्चरीले निर्देशन गरेका हुन् । सो म्यूजिक भिडियो हेरिसकेपछि सञ्चारकर्मीहरु सन्तोष राई, पर्शुराम न्यौपाने र गोपाल काफ्लेले भिडियोको बारेमा आ–आफ्ना कुरा राखेका थिए ।


738 पटक हेरिएको 









