गायक योगेश रानाको पहिलो गीत “जब देखें तिमीलाई…” रिलिज

यस गीतलाई शुकुराम बिश्वकर्माले एरेन्ज गरेका हुन् भने इडीटिङ्ग श्यामस्वेत रसाइलीले गरेका छन् । उनी कुटुमा कुटु, पूर्व पश्चिम रेल जस्ता बहुचर्चित गीतहरुका इडीटर हुन् l
योगेश रानाको आफ्नै शब्द र सङ्गीत रहेको उक्त गीतलाई प्रिज्म रेकर्डीङ्ग स्टुडियोमा रेकर्ड गरिएको हो l क्रिस्टिना थापा र गम्भीर बिष्टको अभिनय रहेको यो गीतको भिडियोलाई गम्भीर बिष्टले निर्देशन गरेका छन् l यस गीतमा केही बाल कलाकारहरुको पनि अभिनय रहेको छ l नवराज उप्रेतीले छायाङ्कन गरेको उक्त भिडियोलाई नबिन निरौलाले इडीटिङ्ग गरेका हुन् l

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार