काठमाण्डौं/हरेक दिन इन्टरनेटका हरेकजसो महफ्वपूर्ण सञ्जाल प्रयोगकर्ताका लागि असुरक्षित बन्दै जाँदा गुगलको इमेल सेवाप्रदायक जीमेल पनि यसबाट अछुतो रहन सकेको छैन । यसले विभिन्न थर्ड पार्टी एप्लिकेसनलाई प्रयोगकर्ताका डाटा बाँडिरहेको आरोप खेप्दै आएको छ । यिनै आरोपका बीच गुगलका पदाधिकारीले बल्ल स्पष्टीकरण दिएका छन् ।
“प्रयोगकर्ताका अनुमतिबिना थर्ड पार्टी एप्लिकेसनलाई कुनै प्रकारका डाटा बाँड्ने गरेका छैनौँ,” गुगलको पछिल्लो प्रेस विज्ञप्तिमा भनिएको छ । ‘एप्लिकेसन पर्मिसन’ प्रदान गर्ने समयमै प्रयोगकर्तासँग डाटा पहुँचमा समझदारी भइसक्ने गुगल बताउँछ । तर, प्रयोगकर्ता यो तथ्य स्वीकार्न चाहँदैनन् । सम्झौतापत्र जटिल भाषामा उल्लेख गरिएको हुँदा सामान्य प्रयोगकर्ताले यसमा अघि सारिएका बुँदा राम्ररी बुझ्न नसक्ने आरोप जीमेल प्रयोगकर्ता लगाउँछन् ।
यसअघि विज्ञापन प्रयोजनका लागि गुगलले प्रयोगकर्ताका इमेल पढ्ने गरेको आरोप प्रमाणित भएपछि सो कार्य रोकियो । आफ्ना डाटामाथि अर्काको पहुँच देखिएको हुँदा फेसबुकका संस्थापक मार्क जुकरबर्गले कानुनी कारबाहीसमेत भोग्नुपर्यो । जीमेलको अवस्था पनि त्यस्तै हुने त होइन ?