संसारका विभिन्न भागमा कस्तो देखियो सूर्यग्रहण ? फोटोफिचर सहित

कहाँबाट कस्तो कस्तो देखियो सूर्यग्रहण

  सरलपाटी सम्वाददाता

 962 पटक हेरिएको

इलाम। बिहीबार बिहान खण्डग्रास सूर्यग्रहण लागेको छ। नेपाली समयअनुसार बिहान ८ बजेर ४३ मिनेटदेखि सुरू भएको सूर्यग्रहण बिहान ११ बजेर ३३ मिनेटसम्म रहेको थियो।

ग्रहण नेपाल, भारत, श्रीलंकालगायत एसियाका सबै राष्ट्र तथा उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रीकालगायत स्थानबाट देखिएो थियो। पृथ्वीका केही स्थानबाट रिङ अफ फायर समेत देखियो।


रिङ अफ फायरमा पूरै चन्द्रमाले सूर्यलाई ढाक्ने तर त्यसको वरिपरिबाट प्रकाश देखिन्छ। रिङ अफ फायर साउदी अरबबाट सुरू भएर कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इण्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य भएको छ।

ग्रहणपछि के गर्नु हुन्छ, के हुँदैन  
ग्रहण लागिरहेको बेला खाना खान, सुत्नके साथै अन्यबला गरिने दैनिक वैयक्तिक कार्य गर्नु हुँदैन । ग्रहण शुरु हुनु अगाडि र सकिएपछि नुहानुपर्छ । ग्रहण सकिएपछिको नुहाईलाई ग्रहणस्नान भनिन्छ । नुहाएपछि दान गर्ने चलन छ । ग्रहणको बेला दान गर्दा पुण्य मिल्ने विश्वास छ ।

ग्रहण सकिएपछि नुहाएर मात्र खना पकाउनुपर्र्छ । ग्रहण अघि पकाएको अर्थात् ग्रहणले छोएका खाना खानु हुँदैन । ग्रहणले छोएको खाना अस्वस्थकर मानिन्छ । त्यस्तो खाना खाँदा बिरामी हुने संभावना हुन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार