भारतको चन्द्रयान– २ सम्पर्कबिहीन

विज्ञान र प्रविधि

  सरलपाटी सम्वाददाता

 458 पटक हेरिएको

नँया दिल्ली । चन्द्रमामा मानवरहित अन्तरिक्ष यान पुर्याउने चन्द्रयान — २ मिशनको एउटा यान विक्रम ल्यान्डरसम्पर्क विच्छेद भएको छ ।सबै काम राम्रैसँग भइरहेका बेला सतहमा पुग्नु केही बेरअघि नै ल्यान्डरसँग सम्पर्क विच्छेद भएको ‘इन्डीयन स्पेस रिसर्च अर्गनाईजेसन’ ९इसरो०का प्रमुख के। सिभनले बताए ।उनले शनिबार दिएको जानकारी अनुसार शुक्रबारराति साढे १ बजे भारतीय अनुसन्धान सङ्गठन इसरोका वैज्ञानिकहरूले चन्द्रयान—२ को विक्रम ल्यान्डरलाई चन्द्रमाको सतहतर्फ लगिरहेका थिए ।

इसरोको चन्द्रयान २ का लागि चन्द्रमाको दक्षिणी ध्रुव रोजिएको थियो, जहाँ विक्रम ल्यान्डरको सफ्ट ल्यान्डिङ भनिने नियन्त्रित अवतरण गर्नु पर्ने थियो । तर अवतरण नहुँदै भारतको समय अनुसार राती १ः५५ मा यान सम्पर्क विहिन भएको सिभनको भनाई छ ।यही कामका लागि अरु देशले धेरै खर्च गर्ने गरेकोमा भारतमा भने अहिले १५ करोड अमेरिकी डलर लगानी गरिएको थियो ।

यसअघि सन् २००८ मा भारतले नै प्रक्षेपण गरेको चन्द्रयान—१ ले चन्द्रमाको सुख्खा सतहमा पानीका अणुहरू रहेको तथ्य पत्ता लगाएको थियो ।योजना अनुरुप अवतरणतर्फ लागिरहेका बेला भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धि हेर्न र उनीहरूको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बेङ्गलुरुस्थित इसरो मुख्यालय पुग्नु भएको थियो ।उनले भारतीय बैज्ञानिकहरुको अहिलेसम्मको कामप्रति गौरब गर्दै सम्पर्कविहिन भएको यान सम्पर्कमा आउने विश्वास पनि ट्वीटरमार्फत् व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार