सामसुङले ल्यायो दुई नयाँ फोन

  सरलपाटी सम्वाददाता

 499 पटक हेरिएको

काठमाण्डौं/सामसङ नेपालले इन्फिनिटी डिस्प्लेको साथ नयाँ स्मार्टफोनहरू– ग्यालेक्सी एसिक्स र एसिक्स प्लस नेपाली बजारमा ल्याएको छ । ए सिरिज स्मार्टफोन मेटल युनिबडी तथा स्लिक डिजाइनको साथ बजारमा ल्याइएको जारी विज्ञप्तिमा छ ।
कम्पनीका अनुसार एसिक्स प्लसमा ६ इन्च एफएचडी प्लस एसएमोल्ड डिस्प्ले रहेको छ । त्यस्तै ग्यालेक्सी ए ६५.६ इन्च एचडी प्लस एसएमोल्ड डिस्प्लेका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
ग्यालेक्सी एसिक्स प्लस तथा एसिक्सको नेपाली मूल्य क्रमश: ४४ हजार ३ सय ९० र ३९ हजार ८ सय ९० रुपैयाँ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार