चीनको स्मार्टफोन बजारः ओप्पो पहिलो, एप्पल दोस्रो, सामसुङ टप टेनमा पनि परेन

चीनको स्मार्टफोन बजारमा घरेलु कम्पनी ओप्पोले पहिलो स्थान ओगटेको छ । सन् २०१७ मा बढी बिक्री भएका १० मोबाइलको सूचीमा ९ वटा घरेलु ब्रान्ड छन् ।

दोस्रो स्थानमा रहेको एप्पल टप टेनमा पर्ने एक मात्र विदेशी कम्पनी हो । आइफोन ७ प्लसले विश्वको सबैभन्दा ठूलो स्मार्टफोन बजारमा २.८ प्रतिशत बजार हिस्साओगटेको काउन्टरप्वाइन्ट रिसर्चले जनाएको छ । एप्पलको ठूलो स्क्रिनवाला फोनले ओप्पो आर९एसलाई पछ्याएको छ, जसको बजार हिस्सा ३ प्रतिशत रहेको छ ।

सन् २०१६ को सेप्टेम्बरमा बजारमा आएको एप्पलको आइफोन ७ ले २०१७ को पहिलो अर्धवार्षिकमा राम्रो गर्याे र त्यसपछि मूल्य कटौती गरेर चीनको बजारबाट फाइदा लियाे । १ सय २८ जीबी हार्ड ड्राइभसहितको आइफोन ७ प्लसको मूल्य १६ प्रतिशतको हाराहारीमा कटौती गरिएको थियो ।

सानो स्क्रिनको आइफोन ७ चीनमा २.४ प्रतिशत बजारहिस्सासहित पाचौं बेस्ट सेलिङ मोबाइल बनेको थियो ।

‘आइफोन ७ लेभन्दा आइफोन ७ प्लसले राम्रो गर्नुको अर्थ चीनको बजारमा मूल्यले मात्रै ठूलो महत्वज राख्दैन भन्ने हो,’ काउन्टरप्वाइन्टका प्रवक्ताले भनेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार