काठमाडौं । वीरगन्जका एक व्यक्तिमा कोरोना संक्रमित फेला परेका छन् । तर उनी भारतमा उपचार गरिरहेका छन् । केही दिनअघि खोकी र ज्वरो आएपछि उनलाई उपचारका लागि भारतको पटना लगिएको थियो । त्यहाँ उनको चेकजाँचका क्रममा कोरोना पुष्टि भएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । “संक्रमित व्यक्ति अहिले पर्सामा होइन, पटनामा आइसोलेसनमा राखिएको छ,” बस्नेतले भने, “उनी पर्साबाटै गएकाले उनको परिवारमा पनि संक्रमण फैलिएको आशंकामा आइसोलेसनमा राख्नेबारेमा छलफल भइरहेको छ ।”ती व्यक्तिबाहेक अरुमा संक्रमणको पुष्टि नभएको उनले जानकारी दिए । उनी केहीदिनअघि मात्रै दुबईबाट आएका थिए । दुबईबाट आएलगत्तै उनलाई ज्वरो आउने र खोकी लाग्न सुरु भएको थियो । व्यापारिक कामको सिलसिलामा उनी दुबई पुगेका थिए । बाह्रखरीबाट