इलाम । इलामको माइजोगमाई गाउँपालिकास्थित नयाँबजारमा भएको महिलाहरूको भएको फाइनल खेलमा देवान स्पोटिङ क्लब बिजयी भएको छ । सोमबार भएको नामसालिङ र सोयाङ बीचको खेलमा देवान स्पोटिङ क्लवका जर्सी नम्बर ७ का बिना राईले २ गोल र जर्सी नम्बर ९ का रस्मिता देवान ले १ गोल साथै जर्सी नम्बर ११ का पूर्णीमा लिम्बू ले गोल गर्दै देवान स्पोटिङ क्लवले ४ गोल गरेको छ भने सोयाङले कुनै गोल गर्न सकेन । र देवान स्पोटिङ बिजयी बनेको छ । सोमबारको महिला हरूको खेलको म्यान अफ द म्याच सोयाङ का जर्सी नम्बर घ कुमारी राई घोसित भएकी छन् ।
खेलको बिजेताले नगत रू अाठ हजार र उपबिजेता टिमले नगत रू ५ हजार रुपैयाँ साथमा आकर्षक ट्रफी मेडल र प्रमाण प्रत्र पाएका छन् । यस्तै ज्ञानोदय माध्यमिक विद्यालय जोगमाई र रेड डेविल्स नयाँबजार बीच सोमबारै भएको खेलमा जोगमाई बिजयी भएको छ । खेलको मध्यन्तर पछि जोगमाईका जर्सी नम्बर ६ का अविशेक राईले १ गोल गरी खेलको जित निश्चित गरे । र पुरूष तर्फको उपाधि ज्ञानोदय मा बि जोगमाईले हात पारेको छ ।
भने उक्त खेलको उत्कृष्ट खेलाडी रेड डेविल्स नयाँबजारका जर्सी नम्बर ११ का सुनिल राई घोषित भएका छन् ।


682 पटक हेरिएको 









