वाइसीएलकाे चुलाचुली गाउँपालिका सम्मेलन सम्पन्न

संयाेजकमा दिलकुमार

  सरलपाटी संवाददाता

 713 पटक हेरिएको

योङ्ग कम्युनिस्ट लिग(वाइसीएल)चुलाचुली गाउँपालिका प्रथम सम्मेलनबाट  गाउँपालिका अध्यक्षमा दिलकुमार लिम्बू चयन भएका छन् । यस्तै उपाध्यक्षमा टेक विष्ठ, उपाध्यक्षमा विश्व राई, सचिवमा सञ्जीव धमला, सह-सचिव कामना थुलुङ्ग र सह-सचिवमा सन्त राई कोषाध्यक्षमा भुमिका दंगाल रहेका छन् । सदस्यहरुमा सन्ताेष राई, मुकेश आङ्देम्बे, दिपेन्द्र तुम्बापो, वालकृष्ण राई, सरोज राई, नवीन राई, डिल्ली राई, राम राई, विक्रम राई, गोपाल राई, विजय सम्बाम्फे, भोलानाथ पोख्रेल,राज कुमार राई,अशोक राई, तिलक गिरि, विजय सेन्च्युरी, मनकुमार योङ्गहाङ्ग, संन्जिव राई, भरत राई , बिजय योङ्गहाङ्ग, शरण धमला, मदन बुढाथोकी, छेवाङ्ग तामाङ्ग, राजन चाम्लिङ्ग राई रहेका छन् ।

यस्तै, लेखा आयोग प्रमुखमा हर्क राई, अनुशासन आयोग प्रमुखमा विमल श्रेष्ठ, निर्वाचन आयोग प्रमुखमा विष्णु चेम्जाेङ निर्वाचित भएका छन् ।  निर्वाचित कमिटिलाई योङ्ग कम्युनिस्ट लिगका जिल्ला संयोजक तथा नेकपा (माओवादी केन्द्र)का जिल्ला कमिटी सदस्य विक्रम लिम्बूले गराएका थिए । त्यस्तै, लिम्बूले वर्तमान राजनैतिक अवस्था र आगामी दिनमा युवाको कार्यभार सँगैसमाजवादन्मुख संविधान कार्यान्नवयनका बारेमा जानकारी गराएका थिए ।

गाउँपालिका संयोजक दिलकुमार लिम्बूको अध्यक्षतामा भएकाे कार्यक्रममा  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सदस्य तथा इलाम जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण)को प्रमुख आतिथ्यता साथै जिल्ला सचिवालय सदस्य, गा.पा.पार्टी इन्चार्ज क.न्युसन राई ,अध्यक्ष क.तुला लावती पार्टी जिल्ला कमिटी सदस्य तथा वाइसीएल जिल्ला संयोजक बिक्रम लिम्बू (फियाक),पार्टी जिल्ला कमिटी सदस्य तथा वाइसीएल इलाम नगर अध्यक्ष कमल दुलाल,पार्टी जिल्ला कमिटी सदस्य तथा चुलाचुली गा.पा.इन्चार्ज शान्तिदावा राई लगागत पार्टी र संगठनका नेताको उपस्थिति थियाे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार