देउमाई नगरपालिकामा अर्गानिक चिया उद्योग स्थापना

  सरलपाटी सम्वाददाता

 917 पटक हेरिएको

इलाम । इलामको देउमाई नगरपालिकास्थित वडा नम्वर–३ राँकेटारमा स्थापित अर्गानिक चिया प्रशोधन उद्योगको एक कार्यक्रमका बीच आज उद्घाटन गरिएको छ । देउमाई नगरपालिकाका नगर प्रमुख सूर्यप्रसाद पोखरेलले दिपप्रज्जलन गरेर उद्योगको उद्घाटन गरेका गरेका थिए । उन्नति समावेशी वृद्धि कार्यक्रमको ५० लाख रुपैयाँ सहयोग र सहकारीका किसानको एक करोड रकम लगानीमा उद्योग स्थापना भएको हो ।
दैनिक १५ सय किलो हरियो चिया प्रशोधन गर्न सक्ने क्षमताको यो उद्योग देउमाई नगरपालिकाको सहकारी स्तरको ठूलो र पहिलो अर्गानिक प्रमाणित गर्ने सहकारी उद्योग स्थापना गरिएको हो
कार्यक्रममा उन्नति समावेशी वृद्धिका लैङ्गिक तथा समावेशिकरण विज्ञ केशवप्रसाद शिलवाल, कार्यक्रममा देउमाई ३ का वडाअध्यक्ष दावा तामाङ्ग, देउमाई–२ का वडाध्यक्ष भवानीराम साम्पाङ्ग , इलाम नगरपालिकाका वडा सदस्य टेकबहादुर कटुवाल, चिया उत्पादक जिल्ला सहकारी संघका सचिव वेदनिधि पोखरेल, ग्रीन हिल चिया उत्पादक सहकारी संस्थाका अध्यक्ष गायत्रीराम वस्नेतले मन्तब्य राखेका थिए ।
स्थानीय वडाका वडा सदस्य, विभिन्न संघ संस्था, उद्योगको प्रतिनिधिहरुको उपस्थिति रहेको केन्द्रीय चिया सहकारी संघको महासचिव रविन राईले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार