इलामको ठूलो टुँडिखेलमा जारी ‘नगरस्तरीय वडा कप’ फुटबल प्रतियोगिताको दोस्रो दिनको दुई खेलमा वडा नम्बर १ र वडा नम्बर ६ बिजयी भएका छन् ।
विहीबार भएको पहिलो खेलमा वडा नम्बर ८ लाई ०–३ गोल अन्तरले पछि पार्दै वडा नम्बर १ बिजयी भएको हो । वडा ६ ले पनि वडा नम्बर १० लाई ०–३ गोलकै अन्तरमा जीत निकालेको हो ।
यस्तै शुक्रबार पहिलो खेल वडा नम्बर ९ र वडा नम्बर ४ बीच र दोस्रो खेल वडा नम्बर ७ र वडा नम्बर २ बीच हुने इलाम नगरपालिका नगर खेलकुद विकास प्रतिष्ठानका कार्यवहाक अध्यक्ष तीर्थ जवेगूले बताए । नगरका १२ टिमको सहभागिता रहेको प्रतियोगितामा प्रथम पुरस्कार ६० हजार, द्वितीय पुरस्कार ४० हजार, मेडल र ट्रफी समेत रहेको छ ।