इलाम । इलाम सदरमुकामस्थित ओडारे भालु ढुगां वन उपभोक्ता समूहको अध्यक्षमा पवित्रा ढकाल सर्वसहमतबाट चयन भएकी छन् । समितिको उपाध्यक्षमा प्रकाश थाम्सुहाङ, सचिवमा सन्तोष नेम्बाङ, सह–सचिवमा सरस्वती साउदेन र कोषाध्यक्षमा पार्वता सिन्चुरी रहेका छन् । समितिको सदस्यमा अरुण गुरुङ, हर्कमाया राई, कमला श्रेष्ठ, पुष्पराज घिमिरे, धर्मेन्द्र पराजुली, चन्द्रवहादुर लिम्बू, सुस्मा कँडेल, सुस्मा घिमिरे रहेकाछन् । यस्तै शनिबारै समिति नै नवराज खड्काको अध्यक्षतामा ३ सदस्य लेखा समिति समेत गठन भएको छ । समितिको सदस्यहरुमा अच्युत रिजाल र अम्मरबहादुर श्रेष्ठ रहेका छन् ।


569 पटक हेरिएको 






