इलाम । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले मनमा राम्रो चिताएर गरेको काममा मात्र सन्तुष्टि पाइने बताएका छन् । आफ्नो पुर्नर्निमाणको कुरालार्ई जोड्दै देशमा विकास गर्ने व्यक्ति र संस्थाले आफ्नो काम नगरिदिएकाले देशमा अशान्ति र त्रास उत्पन्न भएको बताए । ‘देशका ठूला भनौदा नेताले राम्ररी काम गरिदिएको भए धुर्मस सुन्तलीले पुर्नर्निमाणको काम गर्नुपर्दैनथ्यो ।’ सन नेपाल लाइफ इन्योरेन्सको उद्गाटन गर्न इलाम आइपुगेका धुर्मुसले राम्रो काम गरे स्वर्ग खोज्न कतै जानु नपर्ने बताए ।
ठट्यौली गर्दै धुर्मुसले भने,‘ मरेर स्वर्ग को गएर देखेर आको छ । राम्रो काम गरौं यही स्वर्ग हो ।’
यस्तै कार्यक्रममा धुर्मुस पत्नी तथा कलाकार कुन्जना घिमिरेको सहभागिता रहेको थियो । सुन्तलीले बिमा गरेर जीवन सुखमय बिताउने सन्देश दिएकी थिइन् । उनले सन््र नेपाल लाइफ इन्स्योरेन्समा जीवन बिमा गर्न समेत आह्वान गरेकी थिइन् । यसै अवसरमा कलाकार ‘धुर्मुस’, र ‘सुन्तली’ले विभिन्न नक्कल तथा अभिनय गरेर दर्शक हसाएका पनि थिए ।
कार्यक्रममा नेको लाइफ इन्स्योरेन्सका मार्कटिङ म्यानेजर राजिव न्यौपाने लगायतलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी विप्लव भट्टराईले गरेका थिए ।


854 पटक हेरिएको 






