इलाम । तिजको पूर्वसन्ध्यामा हरेक दिन नयाँ–नयाँ तिज गीत सार्वजनिक भइरहेका छन् । तीमध्ये कतिपय चर्चामा छन् । यही मेलोमा स्कुले विद्यार्थीलाई नेपाली व्याकरण सिकाउने उद्देश्यले आएको तिज गीतले चर्चाको शिखर चुमेको छ । ‘नेपाली व्याकरण’ बोलको गीत सामाजिक सञ्जालमा भाइरल बनेको छ । विद्यार्थीहरूले नै गाएको र अभिनय गरेको गीत करिब...




