इलाम । तिजको पूर्वसन्ध्यामा हरेक दिन नयाँ–नयाँ तिज गीत सार्वजनिक भइरहेका छन् । तीमध्ये कतिपय चर्चामा छन् । यही मेलोमा स्कुले विद्यार्थीलाई नेपाली व्याकरण सिकाउने उद्देश्यले आएको तिज गीतले चर्चाको शिखर चुमेको छ । ‘नेपाली व्याकरण’ बोलको गीत सामाजिक सञ्जालमा भाइरल बनेको छ । विद्यार्थीहरूले नै गाएको र अभिनय गरेको गीत करिब एक लाखले युट्युबमा हेरिसकेका छन् । भिडियाको लागि लिङ्क क्लिक गर्नुहोस https://www.youtube.com/watch?v=Q_NQSAmhl-g
अवेरनेस इन्टरनेसनल एकेडेमी ९एआइए०का शिक्षक विमल घिमिरेले लेखेको गीतमा ह्रस्व र दीर्घ कसरी छुट्याउने, कुन शब्द ह्रस्व र कुन अक्षर दीर्घ हुन्छ भन्ने कुरा सिकाइएको छ । गीत अवेरनेस इन्टरनेसनल एकेडेमीकै विद्यार्थीकै वाद्यबादन, गायन र अभिनयमा तयार पारिएको छ ।
विद्यार्थीलाई नेपाली व्याकरण सिकाउन सहज हुने गरी गीत बनाइएको शिक्षक घिमिरेको भनाइ छ । शिक्षण विधिको रूपमा गीतलाई प्रयोग गरिएको छ । विद्यालयका संगीत शिक्षकले गीतका रूपमा रेकर्ड गर्न सुझाएपछि म्युजिक नेपालमा तिज शैलीमा गीत रेकर्ड गरिएको हो ।