नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको पत्रकार आपतकालीन राहत कोषमा शाखाका पूर्व सचिव बुद्धबीर राईले सहयोग प्रदान गरेका छन् । रोजगारीको लागि काेरिया पुगेका राईले महासंघको कार्यालयमानै पुगेर दश हजार रुपैयाँ सहयोग प्रदान गरे । उनले महासंघकी शाखा अध्यक्ष कोकिला ढकाललाई दश हजार रुपैयाँको चेक उपलब्ध गराउँदै भविश्यमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
महासंघले एक महिना अघिदेखि कोष सञ्चालनमा ल्याएको हो । कोषमा महासंघले ५० हजार रुपैयाँ जम्मा गरेको छ भने सदस्य तथा दाताहरुबाट रकम जुटाउनेक्रम जारी छ । सहयाेग रकम एसबीअाइ बैंकमा नेपाल पत्रकार महासंघ इलाम शाखाकाे नाममा रहेकाे २११२५२४०२००१९८ नम्बरकाे खातामा जम्मा गर्न सिकने छ । जिल्लामा कार्यरत पत्रकारहरुलाई आपतकालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो । कोष सञ्चालन कार्यविधि तयारपछि शुरु हुनेछ । महासंघले शाखा अध्यक्ष ढकालको संयोजकत्वमा एक समिति बनाएर कोष सञ्चालन कार्यविधिको मस्यौदा तयार गरेको जनाएको छ ।


814 पटक हेरिएको 






