पूर्व सचिव बुद्धबीर राईद्वारा राहात कोषमा दश हजार प्रदान

  सरलपाटी सम्वाददाता

 813 पटक हेरिएको

नेपाल पत्रकार महासंघ इलाम शाखाले स्थापना गरेको पत्रकार आपतकालीन राहत कोषमा शाखाका पूर्व सचिव बुद्धबीर राईले सहयोग प्रदान गरेका छन् । रोजगारीको लागि काेरिया पुगेका राईले महासंघको कार्यालयमानै पुगेर दश हजार रुपैयाँ सहयोग प्रदान गरे । उनले महासंघकी शाखा अध्यक्ष कोकिला ढकाललाई दश हजार रुपैयाँको चेक उपलब्ध गराउँदै भविश्यमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

महासंघले एक महिना अघिदेखि कोष सञ्चालनमा ल्याएको हो । कोषमा महासंघले ५० हजार रुपैयाँ जम्मा गरेको छ भने सदस्य तथा दाताहरुबाट रकम जुटाउनेक्रम जारी छ । सहयाेग रकम एसबीअाइ बैंकमा नेपाल पत्रकार महासंघ इलाम शाखाकाे नाममा रहेकाे २११२५२४०२००१९८ नम्बरकाे खातामा जम्मा गर्न सिकने छ ।  जिल्लामा कार्यरत पत्रकारहरुलाई आपतकालीन अवस्थामा सहयोग गर्न कोष स्थापना गरिएको हो । कोष सञ्चालन कार्यविधि तयारपछि शुरु हुनेछ । महासंघले शाखा अध्यक्ष ढकालको संयोजकत्वमा एक समिति बनाएर कोष सञ्चालन कार्यविधिको मस्यौदा तयार गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार