इलाम । इलामको भालुढुङ्गा सामुदायिक पर्यटन प्रवर्द्धन विकास सस्थालाई अल इन वान कम्युटर सोलुसनले २५ हजार रुपैयाँ बराबरको कम्युटर हस्तान्तरण गरेको छ । अल इन वान कम्प्युटरका प्रोपाइटर नेत्र पोखरेलले एक कार्यक्रमका बीच भालु ढुङ्गालाई कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
इलामका विभिन्न सामाजिक संस्थालाई पोखरेलले कम्युटर प्रदान गर्दै आएका छन् । इलाम सदरमुकाममा रहेको भालु ढुङ्गालाई पर्यटकीय स्थल बनाउन युवाहरु जागे सँगै पछिल्लो समय विभिन्न व्यक्ति तथा संस्थाबाट आर्थिक तथा प्राविधिक सहयोग आउने लहरै चलेको छ ।


1096 पटक हेरिएको 






