इलामकाे सन्दकपुर गाउँपालिका-२ काे श्याम्बल माध्यमिक विद्यालयमा अभिभावक भेला तथा विद्यार्थी विदाइ कार्यक्रम सम्पन्न भएको छ। कक्षा १० मा अध्यनरत १३ जना छात्रछात्रालाई उपस्थित सम्पुर्ण अतिथिहरुद्वारा खदा र अविर लगाएर बिदाइ गरेका छन्।त्यस्तै विद्यालय व्यवस्थापन समितित अध्यक्ष डिल्ली गुरुङ्ले विदाइ हुने सम्पुर्ण छात्रछात्रहरुलाई मायाको चिनो प्रदान गरेका थिए। छात्राकोतर्फबाट आफ्ना अनुभव बटुल्दै कक्षा १० मा अध्यनरत अ्मिम्छा राई र छात्रको तर्फबाट निमाछिरिङ शेर्पाले मन्तब्य गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत मन्तव्य शिक्षक डेगराज निरौलाले र स्वागत नृत्य कक्षा ९ मा अध्यनरत सेन्मी राईले गरेका थिए।
साेही अवसरमा विद्यालयमा कक्षाा ११ र १२ कक्षा संचालनका लागि ७ सदसीय अध्ययन कार्य समिति समिती चयन गरेका छन्। प्रअ हिमाल न्यौपानेकाे समितिमा थोमबहादुर गुरुङ, सरु राई (गुरुङ) धिरेन राई र निमाल्हमु शेर्पा सदस्यमा चयन भएका छन्।


524 पटक हेरिएको 






