श्याम्वल माविमा अभिभावक भेला र विद्यार्थी विदाइ कार्यक्रम सम्पन्न

कक्षा ११ र १२ चलाउन समिति गठन

  सरलपाटी संवाददाता

 523 पटक हेरिएको

इलामकाे सन्दकपुर गाउँपालिका-२ काे श्याम्बल माध्यमिक विद्यालयमा अभिभावक भेला तथा विद्यार्थी विदाइ कार्यक्रम  सम्पन्न भएको छ। कक्षा १० मा अध्यनरत १३ जना छात्रछात्रालाई उपस्थित सम्पुर्ण अतिथिहरुद्वारा खदा र अविर लगाएर बिदाइ गरेका छन्।
त्यस्तै  विद्यालय व्यवस्थापन समितित अध्यक्ष डिल्ली गुरुङ्ले विदाइ हुने सम्पुर्ण छात्रछात्रहरुलाई मायाको चिनो प्रदान गरेका थिए। छात्राकोतर्फबाट आफ्ना अनुभव बटुल्दै कक्षा १० मा अध्यनरत अ्मिम्छा राई र छात्रको तर्फबाट निमाछिरिङ शेर्पाले मन्तब्य गरेका थिए ।
      विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल्ली गुरुङ्को अध्यक्षतामा भएको कार्यक्रमकाे स्वागत मन्तव्य शिक्षक डेगराज निरौलाले र स्वागत नृत्य कक्षा ९ मा अध्यनरत सेन्मी राईले गरेका थिए।
        साेही अवसरमा विद्यालयमा कक्षाा ११ र १२ कक्षा संचालनका लागि ७ सदसीय अध्ययन कार्य समिति समिती चयन गरेका छन्।    प्रअ हिमाल न्यौपानेकाे समितिमा थोमबहादुर गुरुङ, सरु राई (गुरुङ) धिरेन राई र निमाल्हमु शेर्पा सदस्यमा चयन भएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार