गजल

इलाम नगरपालिका – ३ इलाम

  सुजता सुनुवार

 1293 पटक हेरिएको

हो त एकैनाशको हुन्न जिन्दगी सदैव खुशीसँगै सफर गर्ने
रहर–रहरै मात्र भो तिम्रै सहायताले दुःख पीडाको भेल तर्ने

कतिञ्जेल निडर भै टिक्छ र मन वहकिन्छ नी कहिले काँही
लाग्दा मनमुटुमा चोट, हुन्छ त हौ आँखाबाट आँसु बनेर झर्ने

यो यात्रामा धेरै दुःखी तिम्रा कारण नभई म आफ्नै कारण छु
बुझेनउ न त अब, के गरुँ ? बन्नुछ मैले पुरानै अतितमा सर्ने

आफूले सोचे झै जिन्दगी, खुशीका बजारमा सधै हिट हुदैन
बुझ न हौ चढ्ने कहिले उकाली त हुन्छ कहिले ओराली झर्ने

दुखे तिमीलाई मलाई नी दुख्छ देख्न पाउँ सधै खुशीको चेहरा
कामना गर्छु तिम्रा लागि, बन सधै खुशी नै खुशीको बीउ छर्ने

हो त एकैनाशको हुन्न जिन्दगी सदैव खुशीसँगै सफर गर्ने
रहर–रहरै मात्र भो तिम्रै सहायताले दुःख पीडाको भेल तर्ने !!!!!

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार