प्रभावित मुलुकबाट आएकाहरुलाई अस्पतालको सम्पर्कमा आउन इलाम नगरपालिकाको आव्ह्रान

रेपिड रेस्पोन्स टीम पनि बन्याे

  सरलपाटी संवाददाता

 1097 पटक हेरिएको


इलाम। कोरोना भाइरस प्रभावित मुलुकबाट यात्रा गरेर स्वदेश आउने व्यक्तिहरुलाई अस्पतालको सम्पर्कमा आउन इलाम नगरपालिकाले आव्ह्रान गरेको छ ।
नगरपालिकाले उनीहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न र सावधानी अपनाउन पनि आग्रह गरेको छ । इलाम नगरपालिका अन्तर्गत कोभिड १९ को प्रकोप रोथाम तथा नियन्त्रणका लागि गठित कार्यदलको बैंठकले कोरोना प्रभावित मुलुकबाट आएकाहरुको निगरानी राख्न र सूचना आदनप्रदान गर्नका लागि वडाध्यक्ष, सदस्य तथा स्वास्थ्य स्वयम् सेविकासँग अनुरोध गर्ने निर्णय पनि गरेको छ ।
यसरीनै बैंठकले कोरोना संक्रमितको उपचार र आवश्यक काम गर्नका लागि रेपिड रेस्पोन्स टीम पनि गठन गरेको छ । टीममा इलाम अस्पतालका प्रमुख डा. प्रभू साहकाृ संयोजकत्वमा ल्याब अधिकृत निलेश ठाकूर, स्वास्थ्य शाखा प्रमुख रमन्ता पौडेल, स्वास्थ्यकर्मी पंकज पोख्रेल, जनककुमारी थापा रहेको टीम गठन गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार